काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि रकम भुक्तानी गर्ने निर्णय गरेको छ । सोमबार बसेको व्यवस्थापन समितिको बैठकले निजामती कर्मचारीका छ सय ८७ जना सन्तति विद्यार्थीका लागि १७ करोड, ८१ लख ८६ हजार ५८९ रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।
जसअन्तर्गत समितिले चिकित्सा शास्त्रमा १४४, स्वास्थ्य विज्ञानमा २९, आयुर्वेदमा १, इन्जिनियरिङमा २२९, वन विज्ञानमा ५, कृषि विज्ञानमा ३६, विज्ञानमा १२, कानुनमा ४५, व्यवस्थापनमा ११९, शिक्षामा ४, मानविकीमा ११ र सूचना प्रविधिमा ५२ जना गरी ६८७ जना विद्यार्थीका लागि सम्बन्धित अभिभावक कर्मचारीको बैंक खातामा पैसा पठाउने निर्णय गरेको हो ।
निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत वैशाख १५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो ।


























