न्यून गुणस्तरको पाइएपछि भारतीय कम्पनीको स्लाइन बिक्रीमा रोक

न्यून गुणस्तरको पाइएपछि भारतीय कम्पनीको स्लाइन बिक्रीमा रोक

काठमाडौं । न्यून गुणस्तरीय प्रमाणित भएपछि औषधी व्यवस्था विभागले एक भारतीय कम्पनीको स्लाइन बिक्रीमा रोक लगाएको छ ।

भारतको हरिद्वारस्थित युरोलाइफ हेल्थ केयर प्रालिले उत्पादन गरेको ब्याच नम्बर सिएसएल ३००३ को ‘आरएल ५०० एमएल’ स्लाइन बिक्री वितरणमा रोक लगाइएको हो । 

सो औषधिको नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गरिएको थियो ।

न्यून गुणस्तर भएको सो स्लाइन बजारबाट फिर्ता ल्याउन वितरकलाई निर्देशन दिइएको छ । 

सो ब्याचको आरएल ५०० एमएल सिफारिस र प्रयोग नगर्नसमेत विभागले सबैमा अनुरोध गरेको छ ।