काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद आगामी पुससम्म थप गर्ने भएकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि संवत् २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाऊको आदेश जारी गर्ने निर्णय गरेको हाे ।
बैठकले रिक्त रहको सचिव पदमा सहसचिव घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय पनि गरेकाे छ ।
सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्ले गरेको अन्य निर्णयहरूको बुधबार सञ्चार मन्त्रालयमा सार्वजनिक गर्ने बताइन् ।




























