काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
२०६५ सालमा सुर्खेतमा स्ववियु चुनावका समयमा कालीकोटका राजबहादुर मल्लको हत्या प्रकरणमा मुछिएका उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । ‘पुरानो घटनामा जाहेरी आएको छ, त्यसमा ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘यसमा अनुसन्धान गरिरहेका छौं ।’
२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
१५ वर्ष पुरानो यो प्रकरण सार्वजनिक भएपछि नेतृ सिंहले सामाजिक सञ्जालमार्फत यो विषयमा आवश्यक सहयोग गर्ने बताएकी छिन् ।
उनले लेखेकी छिन्, ‘१५ वर्षअगाडि मेरो नाममा कर्तव्य ज्यान मुद्दा दर्ता भएको विषय मलाई समेत जानकारी नभएको सन्दर्भमा मेरो पार्टीलाई जानकारी नभएको र पार्टीको तर्फबाट प्रहरी प्रशासनलाई कुनै पनि दवाव प्रभाव नरहेको कुरा जानकारी गराउँदछु । १५ वर्षअगाडि घटना कसरी घट्यो रु किन घट्यो रु कसको कारणले घट्यो भन्नेबारेमा न्यायिक र सत्यतथ्य छानबिन होस्, यसमा मेरो सहयोग रहनेछ ।’