प्रमुख कार्यकारी अधिकृतमा सहसचिव नेपाली नियुक्त

प्रमुख कार्यकारी अधिकृतमा सहसचिव नेपाली नियुक्त

काठमाडौं । शहरी यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव कुबेर नेपालीलाई नियुक्त गरिएको छ ।

आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागत प्रभावी र सुरक्षित बनाई सार्वजनिक यातायात नीतिको प्रभावकारी व्यवस्थापनको लागि भन्दै सरकारले प्राधिकरण ऐन २०७९ जारी गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृतको पदावधि पाँच वर्षको हुनेछ ।