नेपाल सरकारका सचिव थपलियाको राजीनामा स्वीकृत

नेपाल सरकारका सचिव थपलियाको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल सरकारका सचिव रामप्रसाद थपलियाको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सचिव थपलियाको राजीनामा स्वीकृत गरेको हो । 

२४ असारदेखि अनिवार्य अवकाशमा जान लागेका थपलियाले १९ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दरबन्दी सारिएसँगै नेपालको पहिलो तथ्याङ्क अधिकारीका रूपमा उनले गत फागुन २९ गते पद बहाली गरेका थिए ।