काठमाडौं । सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा नियुक्त भएका छन् ।
उनी यसअघि गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत रहेका थिए।
काठमाडौंका सिडिओ घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि रिक्त रहेको पदमा सहसचिव बस्नेत सिडिओमा नियुक्त भएका हुन् ।


























