प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा, एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरोध

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा, एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरैपटक दिल्ली धाएको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले सदन अवरुद्ध गरेको हो । एमालेको बुधबार बसेको संसदीय दल बैठकले प्रतिनिधि सभामा पनि अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।

आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो ।