काठमाडौं । यस साता सेयर बजारमा खासै उत्साह देखिएन् । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । आइतबारदेखि बिहिबारसम्म नेप्से परिसूचक निरन्तर घटेको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखियो । यस दिन नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख ६६ हजार नौ सय ८३ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।
यस्तै यस साताको दोस्रो कारोवारको दिन सोमबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ विन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार कारोबार भएका कम्पनीमध्ये ३६ वटाको बढेको छ भने २०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
जसमा अप्पर स्याङ्गे हाइड्रोपावर र मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ । त्यस्तै, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
यस कम्पनीको शेयरमूल्य आज ८.३३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी कारोवारको तेस्रो दिन मंगलवार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से यस दिन ०.४० अंकले घटेर दुई हजार ९८ दशमलव २९ विन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
त्यस्तै, मिडसोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६।२० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी कारोवारको चौथो दिन नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से १०.२५ अंकले घटेर दुई हजार ८८ दशमलव ०४ विन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये ८० वटाको बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा चन्द्रगिरी हिल्स लिमिटेड र मिडसोलु हाइड्रोपावर लिमिटेड रहेको छ ।
त्यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि(इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारको पाँचौँ दिन बिहिवार नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।
तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर ९१ हजार तीन सय ६४ पटकको खरिद बिक्री हुँदा रु तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० बराबरको कारोबार भएको छ । आजको कारोबारमा ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।
सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य पाँच दशमलव ०३ प्रतिशतले घटेको छ ।
यस दिनसबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यो कम्पनीको रु २८ करोड ६७ लाखबराबरको कारोबार भएको हो । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको पाँच लाख ९९ हजार सात सय ६१ कित्ता सेयर किनबेच भएको छ ।