नेता केपी शर्मा ओलीकाे माग: प्रधानमन्त्री प्रचण्डकाे राजीनामा

नेता केपी शर्मा ओलीकाे माग: प्रधानमन्त्री प्रचण्डकाे राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् ।

हालले प्रितम सिंहको किताब सार्वजनिक गर्दै ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहजी धेरैपटक दिल्ली जानुभयो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

संसदबाट बाहिरिने क्रममा ओलीले दाहालको जवाफले नहुने उल्लेख गर्दै राजीनाम नै चाहिने बताएका हुन् । उनले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक दिनुभएको छ । अब उहाँको जवाफ होइन, राजीनाम चाहियो ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी तीन दलले बुधबार संसद अवरोध गरेका छन्। एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै गरेको अवरोधका आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु भएको छैन ।