काठमाडौं । महोत्तरीमा प्रहरी सहित दुई लेखापालमाथि घुस लिएको आरोपमा अख्तियारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पक्राउ गरेको हो ।
आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसियालाई कुनै सेवाग्राहीसँग काम गरेबापत १ लाख २५ हजार रुपैयाँ घुस लिएको बताइएको छ ।




























