पोखरा । उपभोक्ता समिति अध्यक्षमाथि अभद्र व्यवहार गरेको आरोपमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष गुरुङ बुधबार साँझ आफैं प्रहरीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
माछापुच्छ्र्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङमाथि आइतबार खोराको मुख-अपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि हातपात गरेको आरोप लगाएका थिए ।
भण्डारीमाथि हातपात भएपछि मंगलरदेखि नेकपा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । बुधबार जाहेरी दर्ता गर्ने सहमतिपछि एमालेले तालबन्दी खोलेको छ ।