काठमाडौं । सरकारले एमसिए नेपालले निर्माण गर्ने विद्दुत प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने भएको छ ।
मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् ।
यस्तै, नेपाल न्याय सेवा, कानुन समूहको राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरुको सरुवा गर्ने निर्णय भएको छ ।
यस्तै, शासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भएकाे छ ।
हेर्नूहोस् निर्णयहरू:




























