सहकारी विभागले गर्‍यो पाँच बुँदे नयाँ निर्देशन जारी

सहकारी विभागले गर्‍यो पाँच बुँदे नयाँ निर्देशन जारी

काठमाडौं । सहकारी विभागले पाँच बुँदे नयाँ निर्देशन जारी गरेको छ । सहकारी संघ-संस्थाका लागि बिहीबार विभागले निर्देशन जारी गरेको हो । 

सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५(५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) (झ) बमोजिम विभागले सहकारी क्षेत्रको पुनरुत्थानका निर्देशन जारी गरेको हो ।

सहकारी संघ/संस्थाले आफ्ना सदस्यहरूसँग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुन विभागले निर्देशन दिएकाे छ ।

वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ/संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन पनि विभागले निर्देशन दिएकाे छ ।

यस्तै, यस आ.व. २०७९/८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आ.व. को आयको रूपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने पनि विभागले निर्देशन दिएकाे छ ।