कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

झापा- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

बिहीबार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

गठबन्धन दलहरूको तर्फबाट थापाकाे दाबी प्रस्तुत गरेलगत्तै प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् । ्शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको प्रदेश कार्यालयले जनाएकाे छ ।