ओली भन्छन्- प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा

ओली भन्छन्- प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणको उपलब्धी १५ वटा राँगा भएको टिप्पणी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष ओलीले भने, 'भारत भ्रमणको उपलब्धी १५ वटा राँगा हो । जसरी ल्याए पनि त्यही राँगा नै हाे । ' 

उनले प्रधानमन्त्री दाहालको ‍चारदिने भारत भ्रमणका क्रममा कतिपय उठाउनैपर्ने सीमालगायतका विषय नउठाएर ‘कम्फर्टेबल’ हुन खोजेको आरोपसमेत लगाए ।

‘भारतले नेपालको जमिन मिचेको छ। तपाईं यसबारे कुरै नउठाउने? कम्फर्टबेल हुन खोज्ने?’, ओलीले भने ।