काठमाडौं । साताको पहिलो दिन आज सेयर बजारको परिसूचक घटे पनि कारोबार रकम उल्लेख्य बढेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १०.५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम भने ४ अर्ब ८ करोड नाघेको छ ।
९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को स्थिर रह्यो । विकास बैंक र हाइड्रोपावर समूह मात्रै बढे । विकास बैंक ३.७७, हाइड्रोपावर ६ अंक बढे । उत्पादन समूह सबैभन्दा धेरै २.८८ प्रतिशत घट्यो । बैंकिङ ९, फाइनान्स ९, होटल तथा पर्यटन ८८, जीवन बीमा ३०, उत्पादन १६८, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४२, ब्यापार ४४ र अन्य समूह ०.४१ अंक घटे ।
समाज लघुवित्त र कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत बढ्यो । त्रिशूली जलविद्युत् ६.७, दोर्दीजलविद्युतको ५ र मायाखोला हाइड्रोपावरको ४.९ प्रतिशत मूल्य बढ्यो । युनिलिभरको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ७.१३, किसान लघुवित्तको ४.४, एनआईसी एसिया बैंकको ४.१ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।