काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका पाइलटलाई कारबाही गरेको छ । उडिरहेको जहाजमा फोटो र भिडियाे खिचेकाे भन्दै प्राधिकरणले ती पाइलटलाई कारबाही गरेकाे हाे ।
प्राधिकरणले पाइलटलाई कारबाही गरेकाे सामाजिक सञ्जालमार्फत् जनाएकाे छ । बुद्ध एअरले पनि पाइलटलाई दोषी ठहर गरी कारबाही गरेको छ ।