पोखरा । म्याग्दीबाट पोखराका लागि छुटेको बस दुर्घटनामा परेकाे छ ।
साेमबार दिउँसो बेनीबाट पोखराका लागि छुटेको ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय, कुश्मा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी १८ जना घाइते भएका छन् । बसमा २३ जना सवार रहेका थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार र चार जना घाइतेलाई थप उपचारका लागि पोखरा लगिएको छ ।


























