कपिलवस्तु । स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ ।
जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
आर्थिक वर्ष ०८०-०८१ को माघ मसान्तसम्मको दुई सय ६७ ओटा उजुरी परेको कार्यालयले जनाएको छ । सो मध्ये एक सय नौ उजुरी मात्रै फर्स्यौट भएको छ भने एक सय ५८ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा दश वटा स्थानिय तहमध्ये सबै भन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ वटा उजुरी परेको छ भने ३० वटा फस्र्यौट भएको छ ।
त्यस्तै, कपिलवस्तु नगरपालिकामा ४७ मध्ये २० वटा फर्स्यौट, बुद्धभुमि नगरपालिकामा ३५ वटा, १७ वटा फर्स्यौट, बाणगंगा नगरपालिकामा नौ वटामा चार फर्स्यौट, शिवराजमा पाँच, महाराजगञ्ज नगरपाकिलामा १४ वटा उजुरीमा फर्स्यौट भएको हो ।
त्यस्तै यशोधरा गाँउपालिकामा ३४ मा तीन वटा फर्स्यौट, मायादेवीमा ३० मा १३ वटा फर्स्यौट, विजयनगरमा २१ मा नौ वटा फर्स्यौट र शुद्धोधन गाँउपालिकामा १३ वटामा ६ ओटा फर्स्यौट भएको कार्यालयले जनाएको छ ।