काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह सम्पन्न भएको छ । पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह तथा पुरस्कार वितरण समारोह काठमाडौंमा सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय बीजनेस ओलम्पियाड २०२३ का सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदक तथा प्रंससा पत्र वितरण गरे। पदक तथा प्रसंसा पत्र पाउनेहरुमा गोल्ड तर्फ समृद्धिका दाहाल थिइन् भने सिल्भर तर्फ युक्ता लेखक, चैतन्य राज शाह, मनिष ओझा, आदेश विष्ट, अनुराग यादव, विनायक गौतम थिए भने काँस्यतर्फ सम्प्रदा अधिकारी, डेलिला दुरा रहेका थिए ।
समापन समारोहमा बोल्दैं कार्यकारी निर्देशक गुणाकर भट्टले अहिलेको स्थितिसम्म आउन सहयोग गर्नुहुने एपेक्स कलेजदेखि ओलम्पियाड मार्फत विद्यार्थीले आर्जन गरेको ज्ञानले विभिन्न कलेजका विद्यार्थीहरु अर्थशास्त्र पढ्न प्रेरित गराउने बताए । सबैले भोलि कस्तो किसिमको योजना तर्जुमा गरेर देशको आर्थिक स्थिति सुधार्न सकिन्छ भन्ने कुरामा महत्वपूर्ण योगदान दिन उनले आग्रह गरे ।
यस्तै नेपाल इकोनोमिक ओलम्पियाडको बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा विश्वनाथ पौडेलले प्रतियोगिमा जित हार भन्ने कुरा साधारण रहेको र ओलम्पियाडको मुख्य उद्देश्य भनेको सबै समुदायबाट भाग लिन प्रोत्साहित गर्ने बताए । उनले आफूले उत्सुकतापूर्ण सहभागिताको अपेक्षा राखेको बताए ।
उनले भने, “गएको ५ वर्षमा नेपालमा व्यापक परिवर्तन भएको छ । लगभग सत् प्रतिशत ठाउँहरुमा बिजुली पुगेको छ । त्यसैगरी पर्यटनमा पनि राम्रो प्रगति भएको छ । होटलहरुको विस्तार भएको छ, ३० ठाउँमा फाइव स्टार होटल बनेको छ । शिक्षा र स्वास्थ्य पनि पहिले भन्दा राम्रो भएकोले प्रशस्त आशा गर्ने ठाउँ छ ।”
चुनौतीहरुको बारेमा उल्लेख गर्दै तीनवटा मुख्य चुनौतीहरु भएको बताए जसमा धेरै जसो आयोजनाहरु अलपत्र हुनु, सोचेजस्तो राजस्व नउठ्नु र युवाहरु पलायन हुनु रहेको बताए ।
नेपाल इकोनोमिक्स ओलम्पियाड २०२४ तर्फ काँस्य पदक १५ जनाले पाएका थिए भने सिल्भर १० तथा गोल्ड ५ जनाले पाएका थिए । गोल्ड मेडल पाउनेहरुमा दीक्षा खिजु, सन्दीप आचार्य, प्रज्ञान शर्मा, प्रभात शाक्य र प्रसिद्धा अधिकारी रहेका थिए ।
उत्कृष्ट ५ जनाले नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा प्रतिनिधित्व गर्ने नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले बताए । नेपाल इकोनोमिक्स ओलम्पियाड २०१९ मा शुरु गरेका भएको थियो ।
नेपालमा इकोनोमिक्स, बिजनेस र फाइनान्स साक्षरता प्रवद्र्धन गर्नको लागि यो अभियानलाई निरन्तर अगाडि बढाइएको हो ।