काठमाडौं । सामाजिक सञ्जालको माध्यमबाट यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत रहेका छन् ।
उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा साथी बनाइ संवाद गर्ने क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी स्क्रीन रेकर्डसमेत गरेर पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आइडीमार्फत् अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्विर पोष्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको खुल्न आएपछि उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो ।
पक्राउ परेका राउतउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।