काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशसहित बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानहरू र देशका बाँकी पहाडी भूभागका १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशसहित बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आईतबार दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आईतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।