काठमाडौं । राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा आज शनिबार ४ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
जोरपाटी वितरण केन्द्रको साँखु र डाँछी फिडर तथा महाराजगञ्ज वितरण केन्द्रको हेपाली फिडर र गणेशथान फिडरभित्र विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जुलीको भूमिगत प्रसारण लाइनको काम गर्न, पोल सिफ्टिङ लगायतका कामका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ ।
जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने नयाँपाटी, ब्रम्हखेल, इन्द्रायेनी, ब्रम्हखेल,साौखु जर्शिंग पौवा, नांगलेभरे गागलफेदी आलापोट, मुलपानी, बाबाचोक, तिवारी टोल, दक्षिणणढोका लगायतका क्षेत्रमा बिजुली काटिने जनाइएको छ ।
महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता, कुँवर कोलनी, कृष्ण मन्दिर हुँदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल, भंगाल, हात्तीगौडा, धापासी हाइट, मनकामना टोल क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ ।