काठमाडौं महानगरद्वारा छात्रवृत्ति नदिने विद्यालयको सूची सार्वजनिक

काठमाडौं महानगरद्वारा छात्रवृत्ति नदिने विद्यालयको सूची सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमअनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ । 

महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो । त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची अहिले प्रकाशित गरिएको हो ।

ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ । त्यसबेलासम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ ।

kathmandu-mahanagar-suchana-school-schorlship1686029785.jpg