काठमाडौं ।
हो,
अब म समय बन्छु ।
संवेदना विहिन, जो विनाअवरोध चलिरहन्छ ।
न हावा, हुरीले छेक्छ ।
न आँखा नै हुन्छ ।
न दिनदुखी गरिब गुरुवा हरुको दर्दना नै देख्छु ।
म मान्छे भएर बाँच्न सक्दिँन ।
हिन्दु,मुस्लिम, क्रिश्चियन, बौद्ध, जैन,
ब्राहमण, क्षेत्री, दमाई, कामी,
कालो,गोरो, अग्लो होचो,
महिला, पुरुष
पहडी, मधेसी
आदी–आदी,
यी सबले मलाई समय बन्न अपिल गरे ।
हो
अब म समय बन्छु।
निर्जीव, तर चाल छ ।
हिडछु आफ्नै गतिमा,
कसैप्रति कुनै चासो रहन्न ।
निर्जीव तर मापन योग्य ।
सबैले माप्छन ।
तर मलाई कसैलाई नाप्नु छैन ।
हो,
अब म समय बन्छु
न कसैप्रति स्नेह हुन्छ ।
न घृणा नै,
न कसैलाई काख,
नत कसैलाई पाखा गर्नु छ ।
न कसैलाई उचाल्नु छ ।
न त कसैलाई पछार्नु नै ।
हो,
अब म समय बन्छु।
अदृष्य तर अनुभुती हुने,।