काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ ।
पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।
पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ । सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।
क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ।