काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न समूहका १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ ।
कार्यक्षमता र ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा विभिन्न सेवामा राजपत्रांकित तृतीय श्रेणीबाट राजपत्रांकित द्वितीय श्रेणीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
नेपाल शिक्षा सेवाका १२ जना र नेपाल विविध सेवाका ३ जना गरेर १५ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।
शिक्षा सेवातर्फ कार्यक्षमताको आधारमा तारानाथ निरौला, नृपध्वज मगर, दिनेशप्रसाद देवकोटा, तारा पाण्डे तिवारी, सूर्यबहादुर खत्री, प्रकाशबन्धु अर्याल बढुवा सिफारिस भएका छन् ।
शिक्षा सेवातर्फ ज्येष्ठता र कार्यसम्पादनका आधारमा तारापति खरेल, मोतिप्रसाद भट्टराई, हेमराज खतीवडा, युवराज अधिकारी, सुवर्णकुमार खड्का, भिमप्रसाद पनेरु बढुवा सिफारिस भएका छन् ।
विविध सेवातर्फ कार्यक्षमताको आधारमा क्षितिश भट्टराई, पदमबहादुर भण्डारी र निर्मला कार्की बढुवा सिफारिसमा परेका छन् ।