काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको ‘प्रेसराइज फेल’ भएपछि काठमाडौं फिर्ता आएको छ ।
मंगलबार बिहान धनगढीका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फिर्ता आएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको उनले बताए ।
उनले भने, 'जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो, यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा लगिएको छ ।'