काठमाडौं । मुलुकमा जारी लोकतान्त्रिक गणतन्त्र प्रति प्रश्न र प्रहार भई रहेको अवस्थामा यो कसैका लागि राहत आहत र भरोसा तथा भविष्य बनि रहको छ भने कसैलाई घृणा,तिरस्कार,आक्रोश र औडा बनि रहेको छ ।
त्यस्तै गरि कसैलाई आफनो नाफा घाटाको हिसाब किताब बनेको छ । अझ भन्ने हो भने कसैलाई आय आर्जनको श्रोत,अनि शक्ति,भक्ति र चाकरीको साधन बनेको छ । शासक दलहरुको नाता गोता ,छारो,बुहारी,पत्नी,ज्वाई,आफन्त (परिवारवाद) र आसेपासे, धुप धुपौरे,भजनमण्डली ,देवत्ववादी र तिनका रक्षाकभरहरुका लागि नोकरी ,व्यापार र व्यवसाय,ठेक्कदारी प्रर्था बनाईएको छ ।
बाह्र्य (विदेशी) शक्तिहरुलाई नेपालको भुमिमा रहेको प्राकृतिक साधन श्रोत (युरिनियम ताथ जल,जमिन र जंगल) के कसरी आफनो अधिनमा लिने र रण मैदान कसरी बनाउन सकिन्छ ध्याउन्नमा छन् । लोकतन्त्र वाहाली भएको झण्डै १७ बर्ष पुग्न थाल्यो ।
यस अवधिमा दलहरु विशेष गरेर शिर्ष भनिएका शासक दल र तिनका नेता कार्यकर्ताहरुको राष्ट्रिय कोषको चरम दुरपायोग र प्रचलित संविधान तथा मौजुदा कानुन विपरित अपराधिक गतिवधि एव्म् भ्रष्ट्राचारजन्य कार्यले गर्दा नेपालको संघीय गणतन्त्र प्रति जनअसतुष्टी र आक्रोश एकातिर बढेर आएको छ भने अर्को तिर प्रतिगमनकारी शक्तिहरु लोकतान्त्रिक दल र तिनका नेताहरुको खिलापमा आन्दोलित हुन थालेका छन् ।
लोकतान्त्रिक शासक दलहरुको गैर लोकतान्त्रिक, गैर संवैधानिक र गैर कानूनी कार्यले मुलुकको सुशासन र कानूनी शासन ताडिएको छ ।
शासक वर्गले जतिसुकै भ्रष्ट्राचार नियन्त्रण,अपराधिक गतिविधिहरु उपर छानविन गरि कारवाही ,सजाय,सुशासन र कानुनी राजको कुरा गरे पनि यि सबैको श्रोत एउटै भएकोले उनीहरुबाट यस्ता कुकार्यहरुको रोकथामा नेपाली जनताले आशा मारी सकेका छन् ।
लोकतन्त्र वाहाली भएको १७ बर्षमा लोकतान्त्रिक दल विशेष गरि सरकार सञ्चालनमा निरन्तर सहभागी शिर्ष भनिएका दलहरुका नेता तथा कार्यकताहरुले लोकतान्त्रिक गणतन्त्रलाई निजि कम्पनी बनाएर कमाई खाने वा आय श्रोताको रुपमा प्रयोग गरी रहेका छन् । अनि भागवण्डा र सेण्डिकेड प्रणालीमा मुलुकको शासन सञ्तालन गरि रहेका छन् ।
मुलुकको यो कहाली लाग्दो र दर्दनाक अवस्थाले नेपालीलाई ज्यादै गम्भिर बनाएको छ । शिर्ष दलहरुले राजनितिलाई सेवा भन्दा पेशा वा व्यवसाय बनाएका छन अर्थात लोकतन्त्र र गणतन्त्रलाई यि दलहरुले यसको विरासतको ब्याज असुलीको रुपमा प्रयोग गर्दा लोकतन्त्रका मुल्य, मान्यता र अवधारणाको चरम दुरुपयोग भएको छ ।
जसले गर्दा राजनैतिक संस्कार हराएको छ । राजनैतिक भ्रष्ट्राचार व्यापक रुपमा अगाडि बढेको कारणले नै प्रतिगमनकारी शक्तिहरु अहिले लोकतन्त्र ,गणतन्त्र र ति दलका नेता तथा कार्यकर्ताहरुको विरुद्ध विषवमन गदै आन्दोलनको घोषणा समेत गरेको पुर्व अवस्था छ । यस्तो किन र कसरी,भई रहेको छ,? यसको विकल्प वा उपचारबारे यो आलेखमा संक्षपमा प्रस्ताव गर्ने प्रयास गरिएको छ ।
यो नै सही र यर्थाथ नहुन सक्छ । यो लोकतन्त्र बचाऔ अभियानको लागि सुझाव मात्र हुन सक्छ ।
यसमा कमि—कमजोरी रहन सक्छन् । यसमा यो पंक्तिकार सुझाव र आलोचनाको प्रतिक्षा गरेको छु । त्यति मात्रै होईन,हरक दलका सही सत्यको पक्षमा पार्टी र पार्टी बाहिर वकालत गर्ने नेता तथा कार्यकर्ताहरु यो अभियानको तयारी ग पक्षमा लाग्न पंक्तिकार विनम्र सादर अनुरोध यसै मार्फत गर्दछु ।
अब नेपालको राजनितिमा दल र कार्यकर्ताको हैशियत भन्दा नेपाली राष्ट्रका सच्चा नागरिक र लोकतन्त्रका सच्चा हिमायतीको रुपमा सोच्चु पर्ने वेला आएको छ । अब यो पार्टी ,यो नेता,कार्यकर्ता भन्दा माथि उठेर जनताको अवस्था र संकटपुर्ण परिस्थितिको समाधानको लोकतन्त्रलाई केन्द्रमा राखेर विकल्पबारे सोच्ने वेलाएको छ ।
यसै सेरोफेरोमा केही सुधाव र केही आलोचना सहित यो आलेख तयार गरिएको छ । यसमा अन्यथा अर्थको कुनै गुन्जाईस रहने छैन ।
पंचायतकालको स्मरण गर्ने हो भने त्यस वेला व्यवस्था र राजसंस्थाको विराध गर्नेहरु जो कोही पनि उनीहरुको निशाना र निगरानीमा रहने,कसैलाई शान्ति सुरक्षाको आरोपमा मुद्धा लगाउने, त्यस्तै परे राजकाज मुद्धामा जेल राख्ने र पञ्चायतको विपक्षमा बोल्ने ,लेख्नेहरु अराष्ट्रिय तत्व भनेर आरोप लगाईन्थ्यो ।त्यस वेला दलिय स्वतन्त्रता थिएन ।जसले गर्दा दलहरु खोल्न पाईदैनन थियो ।
मुलुकमा एक दलिय शासन थियो । त्यसवेला राजा र पंचहरुको शासन र भनाई मात्र लागु हून्थ्यो। सारमा भन्नु पर्दा राजनैतिक र मौलिक अधिकार थिएन । लेखन र अभिव्यक्ति स्वतन्त्रता उपर प्रतिबन्ध लगाईएको थियो । कुनै पनि काम गर्दा गराउदा पंचहरुको चाकरी र सिफारिसमा चल्दथ्यो ।हरेक राज्यका निकायाहरुमा उनीहरु कै हालीमुहाली चल्ने गरेको पाईन्थ्यो ।
त्यति मात्रै छुट थियो : राजसंस्थालाई रिजाउन पंच पंच विच गुट ,उप गुटहरु हुन्थ्ये । जस्तै त्यसवेला सुर्य बहादुर गुट,लोकेन्दू बहादुर चन्द् गुट,मरिसमान सिंह गुट ,अनि भुमिगत गुट वा गिरोह भनेर शरदजंग शाहको गुट निकै प्रचारमा थियो ,त्यसवेला ।
यो गुटले अनैतिक कार्य र गैर कानुनी काम गर्ने गरको व्यापक प्रचार थियो ,त्यसवेला । पचायती काल र अगाडी पृथ्वी नारायण शाहको स्वार्गारोण पछि नेपालको राजनितिमा दरबार भित्र विभिन्न षडयन्त्र भएका थिएः जस्तै मुख्तीयार ,भारदारहरुको षडयन्त्रमा राजा रण बहादुर शाहाको हत्या,नाबालक राजा नायवी शासन, नायव बहादुर शाहाको हत्या रानी महारानीहरुको गुटवन्दी षडयन्त्रमा प्र. म. जनरल भिमसेन थापाका हत्या प्र. म. माथवरसिं थापाको हत्या लगायत भण्डारखाल पर्व,कातर्व र पंचायतकालमा पोखरामा नमिता र सुनिता हत्या काण्ड ,दरबार हत्याकाण्ड (राज विरेन्द्रको वंशनाश) लगायत सुन काण्डहरु नभएका होईन ।
यी सबै सत्ता,शक्ति र गुटको लागि राजा महाराजाहरुको समयमा भएको हत्याहरु हुन ।यस्ता हत्या र षडयन्त्ररु ईतिहासमा दर्ज नै दर्ज छन् । नेपालका कयाम्पस क्याम्पसमा राष्टवादी विद्यार्थी संगठन थियो । त्यसलाई मण्डलेहरुको समुह भनेर चिनिने गरिन्थ्यो । त्यस वेला भक्तपुरको पञ्चपन्न तल दरबारको अगाडि रहेको घण्टा राती क्रेनद्धारा झिक्ने प्रयासहरु नभएका होईनन ।त्यस्तै गरि पुशपतिको सुनका गजुर लगायत तस्तरी काण्डहरुको विगि विगी त्यसवेला पनि थियो ।
राष्ट्रिय पंचायत जाँच बुझ समिति स्वर्गिय शरद जंग शाहको निर्देशनमा चल्ने गरको थियो ।त्यसवेला राजालाई विष्णुको अवतार मानिने गरको थियो । त्यस वेला पंचायतको विरोधमा चुइक्क पनि बोल्न पाईन्थेन आदि आदि ।
अहिले लोकतन्त्र र गणतन्त्र नचाहने शक्ति वा दलहरुलाई निर्वाचनमा सहभागी हुन दिई सड्क र संसदमा राजतन्त्रको वकालत गर्न छुट छ । नेपालको संविधान २०७२ मा राजतन्त्रको कुनै स्थान वा व्यवस्था छैन ,तर पनि राजावादी वा राजा समर्थक दलहरुलाई दल खोलेर निर्वाचनमा सहभागी भई जिते आएमा उनीहरुलाई सरकारमा सहभागी गराएको छ ।
यदि उनीहरुको बहुमत प्रतिनिधि सभामा आएमा सरकार गठन गर्न पाईने अधिकार छ । तर पनि उनीहरु लोकतन्त्र र गणतन्त्रको विरोधमा गतिविधि गरि रहेकै छन् । उनीहरुले संसद र सड्कबाट राजा र राजसंस्थाको माग गरि रहे कै छन् । यस्तो गर्न नेपालको संविधान २०७२ ले छुट दिएको छ छैन। त्यो कुरा सत्ताधारी वा अहिलेका शासक दलहरुले बुझने कुरा हो ।
हो लोकतन्त्रमा शिष्ट ,मर्यादित रुपमा सरकार र दलहरुका कमिकमजोरीहरुको विरोध गर्न पाईन्छ । त्यो लोकतन्त्रको मान्यता र मुल्य हो । तर यसै संविधान र कानुन तथा व्यवस्थाको सफथ खाई सकेपछि त्यी राजवादी वा राज संस्थाका समर्थक दलहरुले यसै व्यवरुथा अनुसार रुपान्तरित भएर आफनो निति तथा कार्यक्रम लागु गर्न छुट छ ।
त्यो उनीहरुको अधिकार पनि हो । यसै लोकतन्त्रि गणतान्त्रिक पद्धतीको संविधान, कानुन,निति ,नियम अधिनमा रही वा स्वीकार गरि निर्वाचनमा सहभागी भई सके पछि यो व्यवस्था र संविधान विरुद्धको गतिविधि गर्न पाईन्छ ,पाईन्न,त्यो उनीहरु र वर्तमान शासक दलहरुले बुझनु पर्ने हो ।
यदि यो व्यवस्था वा पद्धती नै देश र समाजको हित गर्न नसक्ने ठहर उनीहरुलाई छ वर्तमान व्यवस्था र कानुन वा संविधानले दिएका सेवा सुविधा त्यागेर विद्रोह वा आन्दोलन गर्ने अधिकार छ । विश्व मानव अधिकारले पनि विद्रोहको अधिकार सुरक्षित गरेको छ । दासता र शोषण,अन्याय ,अत्याचार,दमनको विरुद्धमा आवाज उठाउन पाइन्छ । त्यतिले पनि नपुगेमा विद्रोह गरेर सत्ता उल्टाउन सकिन्छ ।
त्यो अवस्था भनेका मौजुदा सरकार,सत्ता र व्यवस्था काम नलाग्ने भए पछि,चालु व्यवस्थाले जनता र समाजका्े सेवा गर्न नसके पछि र पुरानो व्यवस्था वा पद्धति मै जनता बस्न नचाहे पछि, अनि यथास्थितिले मुलुक चल्न नसक्ने भए पछि मौजुदा व्यवस्था,संविधान,कानुन वा सरकार वा सत्ता पल्टाउन सकिने विश्वको ईतिहास छ ।
निश्चित रुपमा कुनै पनि व्यवस्थाका गुण र अवगुण्हरु हुन्छन् । अवगुणलाई ईन्कार गर्ने र गुणलाई आत्मसाथ गरिनु पर्छ ।
वस्तु वा चिजको सकारात्मक र नरात्मक पक्षहरु हुन्छन् नै । मानव समाज नै दन्द्धात्मक छ भने व्यक्तिहरुमा कमि—कमजोरी हूनछ नै । त्यसैले त भनिन्छ घाडा चढने मानिस लड्छ,काम गर्नेले गल्ती गर्छ ,उसमा पनि कमि—कमजोरी रहन्छ । तर गल्ती र कमिकमजोरी सच्याउन सकिने र नसकिने पनि हूनछन् । यो विश्व नाफा र घाटाको संयोजन हो । नाफा र घाटा विच सन्तुलन हुन आवश्यक छ ।
त्यसैले त भनिन्छ असफलता नै सफलताको अब्बल परिणाम हो । लडाईमा सधै हार्ने सिपाही वा योद्धा असफल नै हून्छन् नै । सधै गल्ती गरि राख्ने,आफुलाई नसुधार्ने,अरुको सुझाव पनि नमान्ने ,नसुन्न र नाङ्गो वादशाहा जस्तो व्यवहार गर्नेलाई बादले होईन ,लातले खसाल्नु पर्छ ।
भनिन्छ नानीदेखि लागेको वानी ठुला भई जान्ने भई सक्दा पनि सुधार भएन वा परिवर्तन गरेन भने उ आफै सखाप भएर जान्छ । पालुवा पलाउन्छ ,झर्छ,मर्छ,फरि नयाँ ढगंले पलाउन्छ हुर्कछ । त्यसैले जम्मने र मर्ने कर्ममा हरेक जिव प्राणीमा हून्छ । जिवित प्राणीले जान्ने कुरा हो राम्रा नराम्रो के हो ? छुटयाएर अगाडि बढनु पर्छ ।
निश्चित रुपमा विश्वका जिआत्माहरुको जन्मने ,हुर्कने,मर्ने प्रकृया चलिनै रहेन्छ ।जन्मेर हुर्की सकेपछि आफनो जिवन पद्धती के कसरी ,कस्को हित र पक्षमा लगाउने आफै सोच्ने हो ।
तर्सथ माननिस एक विवेकशिल प्राणी भएकोले सबै भन्दा उ सचेत र जिवन ताथ समाज उपयोगी हुनु पर्छ भन्ने हो ,यदि उस सचेत नभएन,समाज उपयोगी भएन भने उ आफे पतनतिर जान्छ ।
जसरी मौसम अनुसार विरुवा वा रुखले पालुव फेर्न र झर्ने ,अनि मर्ने हून्छ । त्यस्तै गरि मानिसका व्यवहार पनि मनृै,झर्ने गर्नदछ । भनिन्छ मुलाले आफनो खाल्टो आफै खन्छ, आफै पुर्छ । समाजमा कुर्म,कु — कर्म, काम,गलत र खराब वा असत्य कार्यहर समाजले नथाहा पाउन्जेल मात्र हो ,थाहा पाए,खराबको थुप्रोले अरुलाई असर पार्न थाल्यो भने त्यसलाई पन्छाउन समाज वा पिडितहरु एकिकृत वा संगठित हुन्छन् नै ।
जसरी नेपालमा राणा शासन,पंचायत र राजतन्त्र फाले जस्तै हो । यसमा अन्यथा मान्नु पर्ने केही छैन । कुनै पनि चिज वा वस्तुको औचित्य र मुल्य,मान्यता रहेसम्म त्यसको काम हुन्छ सकिए समाप्त हून्छ । यो भौतिक वादी नियम हो ।
यो विश्वका जिवित प्राणीहरु नासवान छन् ।खोला वा पहाडको पत्थर त खिएर उसको रुप वा स्वरुपमा परिवर्तन हून्छ भने मानव निर्मित खजना कति दिन टेक्छ र ? यहाँ भन्न खोजेको करा केहो भने चीनी धेरै खाए पछि तितो हुन्छ भने जस्तै व्यवस्था वा पद्धतीको सञ्चालकहरुले अति गरे पति जान्छ नै ।त्यस्तै गरि फलको फल नपाक्दै टिप्न थाले भने पनि त्यो पनि अपरिपक्कता हून्छ ।
त्यसैले व्यवस्था वा पद्धती पल्टाउन मिसनले पनि सोचौ,आफनो अनुहार ऐना वा पानीका राम्रोसँग हेरौ । फल फलायौ भनेर जथाभावी नटिपौ ,मनपरि हाँगा नछिनालौ । अति गरे पति जान्छ भन्ने बुझौ,अतिको मुख्य कुरा राम्रोसगँ नबुझि विचैमा बक बक नगरो । अतिवाद र दुस्साहसवाद दुवैले बुझौ र अगाडि बढौ ।
त्यसैले नेपालको वर्तमान अस्थिर हुन थालेको राजनिति र त्यस उपर बढी रहेको असन्तुष्टी,आक्रोश र विरोधका आवाजहरुलाई व्यवस्थापन गर्न र ति आवाजहरु किन बढी रहको छन् भन्ने विषयमा सारमा समिक्षा यसरी गर्न सकिन्छ । यो आलेखमा पक्तिकारले गर्न खाजेको समिक्षा सुझात्मक हुन ।ध्वंशात्मक होईन ,यो नै सही र वास्तविक वा यथार्थ नहुन सक्छ ।
यसमा जो सुकैले पनि टिकाटिप्पणी गर्न सक्ने छ : जो यस प्रकारको छनः
१. २००६÷२००७ सालदेखि हालसम्म प्रतिगमनकारी र अग्रगामी वा प्रगतिहिल शक्ति वा समुहहरुलाई जनतालाई ठयाक्कै पहिचान गर्ने अलमल परेको छ । २००६ साल यता बामपन्थी,प्रगतिशिल,लोकतान्त्रिक शक्ति र समुहका नेताहरु वला वखत पलायन भएर प्रतिगामी भनिएका शक्तिहरु समक्ष आत्मसमर्पण गरेको अवस्था रहेको ।
२.२००७ सालको क्रान्तिदेखी अहिलेसम्मका नेता तथा दलहरुको कथनी र करनीमा तादम्यता नदेखिएको ।भनाई र गराईमा भिन्नता नदेखिदा नेपाली जनतालाई फरक छुटयाउन मुस्किल भएको ।
३. नेपालमा २००७ सालको परिवर्तनदेखि हालसम्मको व्यवस्था परिवर्तनमा दक्षिण र पश्चिमा शक्तिहरुको सहयोग ,समर्थनमा परिवर्तन (राणा शासन फाल्न स्वर्गिय राजात्रिभुवन दिल्लीको शरणमा पुगेको ) आएको र उनीहरु कै स्वार्थमा नेपाल प्रभावित भएको आरोप ।
४. नेपालको प्रथम् सविधान विदेशी (शर आईभर जेनिङ्ग)ले डाफट गरेको र जङ्ग बहादुर राणाले फ्रान्स र वेलायती भ्रमण गरि त्यहाँ कै ढाचामा नेपालको कानुन र संविधान प्रभावित बनाएको थिए । जङ्ग बहादुर राणाले नेपालको १९१० को मुलुकी ऐन निमार्ण गर्दा नेपोलियन काडको आधारमा गरेको रतिहासबाट थाहा हुन्छ ।
५— जङ्ग बहादुर राणाको निर्देशनमा तयार गरि लेखिएको मुलुकी ऐन, १९१० लाई परिमार्जित थपघट गदै नेपालमा मुलुकी देवानी र फौज्दारी संहिता २०७४ हुदै २०७५ हाल लागु गरिएको छ ।
६—जनआन्दोलन भाग —१ र २ क्रमशः २०४६ र २०६२/०६३ पछि नेपालमा लोकतन्त्र वाहाली गराईयो । नेपालबाट राजतन्त्रको भुमिका निष्कृय बनाईयो । नेपालको संविधान २०७२ मा अप्रत्यक्ष रुपमा राजतन्त्रको भुमिका हटाई नेपाललाई संमाजवाद उन्मुख बनाई मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक बनाईयो ।
तर राजतन्त्र र यसका सर्मथक दल वा समुहहरुलाई रुपान्तरित भएर आएमा मात्र यो पद्धतीमा सहभागी हुन दिने जस्ता धाराको संविधानमा व्यवस्था नगरि संविधान खुकुलो मात्र होईन ,उनीहरुका समर्थकहरुलाई यी लोकतान्त्रिक पार्टीमा प्रत्यक्ष अप्रत्यक्ष भित्तयाउने वा पार्टी सदस्य दिने जस्ता कार्यहरु शासक दल ने.का,ने.क.पा. माओवादी र ऐमालेहरुले गरे,आवश्यकता परे राजावनदी वा समर्थक पार्टीको प्रतिनिधि सभाका सदस्यहरुसँग मिलेर सरकार गठन गर्ने जस्ता कार्यहरु यि दलहरुले आफनो सत्ता स्वार्थका लागि गरे ।
पानीले त्यी दल वा नेताहरुले स्वयंम गरेर जसका कारण उनीहरुले संसद र सरकारमा सहभागी हुने अनुमति पाए । जो अहिले यिनै दलहरु र पद्धतीको लागि प्रतिउत्पादक भएका छन् ।
७.वर्तमान सरकाले नमिता सुनिता हत्या काण्ड, मल्लिक आयोग,रायमाझि आयोग,निर्मला हत्या काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड,सुन काण्ड,ललिता निवास सार्वजनिक जग्गा कब्जा प्रकरण लगायत दर्जनौ आर्थिक घोटला काण्ड र युद्धकालका राज्य गैर राज्यबाट वेपत्ता पारिएकाहरुको खोजी कार्य र वेपत्ता तथा मेलमिलाप आयोगका समस्याहरु ईमन्दारीपुर्वक कानुन अनुसार दोषी उपर कारवाही गरेर जनताको मन जित्न सक्नु पर्छ ।
जनताको माग,भावना विपरित हुन कार्य बढेकाले जनता दल र तिनका नेताहरु प्रति जन आक्रोश बढेर नै प्रतिगमन तिर मुलुकको आवाज बढी रहेको छ ।
८.शिर्ष वा शासक दलहरुले पार्टी,सरकार र आसपासमा बसेका नक्कली झुण्डहरुलाई पहिचाहन गरि घेरा तोड्न सकेमा मात्र आधा प्रतिगमनको आवाज बन्द हुन जाने निश्चित छ । ।
९. जन आन्दोलन —१ र २ को विरोध अर्थात अवरोधकहरुलाई रुपान्तरित हुन आव्हान गरिनु पर्छ । त्यतिले पनि नसच्चीएका उनीहरु प्रति गर्ने कानुनी व्यवहारमा हेरफर गरिनु पर्छ ।
१०— दलहरुले हरेक निकायमा गरि रहेका राजनैतिक भागबण्डा र सेण्डीकेट हटाउन तयार हुनु पर्छ ।
११. हरेक निकायका जन प्रतिनिधिहरुलाई तलदेखि माथिसम्म निति निमार्णमा लगाउन कानुन बन्नु पर्छ । उनीहरुलाई मासिक रुपमा दिदै आएको पारिश्रमिक कटौ.ती गरि बैठेक भक्ता दिने निति बनाईनु पर्छ ।
१२. विकासका लागि तलदेखि माथिसम्म विज्ञहरु सम्मिलित विमास वोर्ड बनाईनु पर्छ ।
१३. जन प्रतिनिधि सभाहरुको सख्या घटाईनु पर्छ ।
अतः माथि आलेखमा उल्लेखित आलोचनात्क सुझावहरुलाई शासक दल र यिनका कमि कमजोरीहरुलाई ऐजेण्डा बनाएर राजा र राजसंस्था स्थापनाका लागि आन्दोलन ,तर्क विर्तक र आवाज उठाई रहको दल ,शक्ति ,समुहहरुले सबै भन्दा पहिले राष्टिय अन्तराष्टिय ईतिहास अध्ययन र विश्लेषण सुक्ष्म तरिकाले गर्नु आवश्यक छ ।
विश्वमा लाओस र कम्बोडिया वाहेक अन्य देशहरुमा गुमेको सत्ता र राजतन्त्र फर्केको ईतिहास कतै भेटिएको छैन ।त्यसमा पनि रुपान्तरित राजतन्त्र ति देशहरुमा फर्कको हो । यदि नेपालमा राजा र राजतन्त्र पर्काउने दल,शक्ति र समुहरु स्वंयम रुपान्तरित हुन आवश्यक छ ।
अहिलेको लोकतान्त्रिक गणतन्त्रको संविधान,ऐन,कानुनहरु स्वीकार गरेर संसदमा सहभागी भई सकेपछि ती दलहरु रुपान्तरित हुनु आवश्यक छ । मेरो सुझाव राजसंस्था पक्षधर दल ,समुहहरुलाई के छ भने यसै व्यवस्था अन्तर्गत रहेर दलयि पद्धती अगाल्दै राजालाई प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय निर्वाचनमा आई बहुमतलाई सरकार गठन गरि मुलुकको विकास र समृद्धि तर्फ लाग्दा अतिउक्तम् हूछ ।
यो एउटा वर्तमान संकटपुर्ण अवस्थाका निकास वा विकल्प हुन सक्छ । त्यस्तै गरि शासक लोकतान्त्रिक दलहरुले यसलाई भजाएर शक्ति ,सरकार र सत्ताको दुरुपयोग गर्न छाड्नु पर्छ । यी १७ बर्षको अवधिमा गरेका कमि कमजोरीहरुको स्वायत –पत्र जारी गरेर आत्मआलोचना गर्नु पर्छ ।
अन्यथा नेपालका यी दुबैको विकल्पमा नयाँ बैकल्पिक शक्तिहरुले स्थान लिने प्रबलता बढेर आएको छ । सरकार र सत्ताभोग गरेका पुराना दल,हरुका नेता तथा कार्यकर्ताहरु टेस्ष्टेड भई सकेको अवस्था हो । त्यसैले हरेक पार्टी र दलका पुराना नेताहरुले स्थान खाली गर्ने आँट गनै पर्छ । - लेखक नरेन्द्रनाथ योगी, अधिबक्ता तथा सामाजिक कार्यकर्ता हुन् ।