काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा देशको बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू तथा देशको बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार राति कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार राति कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । मध्याह्नपछि कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।