काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्स बीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय खेल मैदानमा शनिबार दिउँसो १ बजेदेखि खेल शुरु हुनेछ ।
शुक्रबार भएको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको थियो ।
यसअघि बिहीबार हुने तालिका भए पनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार शुक्रबार पहिलो खेल भएको हो ।
नयाँ तालिकाअनुसार अब नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा १ दिवसीय सिरिजका खेल खेल्ने तालिका छ ।
नेपाली टोलीका खेलाडीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।