काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।
खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको हो । आज काठमाडौँमा गरेको प्रदर्शनमा २७ जना घाइते भएका छन् ।
उनीहरुको उपचार राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा भइरहेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा आफै पनि घाइते भएका छन् उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । उनले भने, ‘हालसम्म २७ जना घाइते र तीन जना गिरफ्तार भएको तथ्यांक हामीसँग आइपुगेको छ, अरु संकलन भइरहेको छ ।’
घाइते हुनेहरुमा केशव झा, अविन लामा, कौशल सिंह, संजय चौधरी, रमन पाण्डे, कुशल थिन, श्रीधर मानन्धर, रिशन लामा, आकाश घोस्टिङ, कविन लामा, विशाल योञ्जन, मोती लाल ठाकुर, सुमन लामा, सेमसङ लामा, पसाङ घिसिङ, साजन तमाङ, प्रेम बहादुर वाइवा, सीख, तबरेङ्कर, करनक मियाँ, सीख मन्जिर, संजय तमाङ, प्रेम लामा, धनबहादुर वाइवा, चन्द्रनारायण थारु र परिचय पोडे रहेका छन् ।
यस्तै सन्तोष मेहता, सनम लिम्बु र रामप्रवेश साह पक्राउ परेका छन् ।