झापा । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् ।
नगरपालिकाले क्यान्सर, मुटु, मिर्गाैला, मस्तिष्कघातलगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरूले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।
स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गाैला प्रत्यारोपणका २८, मुटुका २२ र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।
नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गाैला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।
सरकारले बिरामीलाई सिधै रकम दिँदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् ।
यसैगरी, पालिकाले नगर क्षेत्रका दुई सय एक बिरामीलाई रु पाँच हजारका दरले औषधी उपचार खर्च बापतको रकम वितरण गर्ने तयारी गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० मा नगरमा उपचार माग भएका दुई सय एक जनाको रु ८७ लाख २० हजार वितरण गर्ने तयारी गरिएको छ ।
सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक रुपमा रु पाँच हजारका दरले स्थानीय तहमार्फत् औषधी उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ ।