काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूकाे उपचारका लागि ३ हजार ५२३ शैय्या नि:शुल्क उपलब्ध गराएकाे छ ।
मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सरकारी, सामुदायिक र निजी अस्पतालमा १० प्रतिशत शैय्या नि:शुल्क गर्नुपर्ने व्यवस्थाअनुसार ३ हजार ५२३ शैय्या उपलब्ध गराएकाे हाे ।
मन्तालयले जारी गरेको सूचनाअनुसार वीर अस्पताललाई ७००, कान्ति बाललाई २४८, शुक्रबार ट्रपिकल तथा सरुवा राेग अस्पताललाई ६०, पराेपकार प्रसुति तथा स्त्रीराेग अस्पतलालाई ४५०, राष्ट्रिय ट्रमा सेन्टरलाई १५०, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ९०, मानसिक अस्पताल ललितपुरलाई ४०, काेसी अस्पताललाई ३३०, नारायणी अस्पताललाई २५५, गजेन्द्र नारायण अस्पताललाई १००, भरतपुर अस्पताललाई ४२०, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३००, भेरी अस्पताललाई ५०, डडेलधुरा अस्पताललाई ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १५० शैय्या उपलब्ध गराइएकाे छ ।