प्रहरीले मुस्किलले बिदा पाउँछन् । सधैंभरि जनताको सेवामा खटिनुपर्ने भएकाले आफूले चाहेको काम मुस्किलले गर्न पाउँछन् । रातदिन नभनी सुरक्षा दिन्छन् अनि जीवनको उर्वर समय सेवामै दिएर रित्तो हात घर फर्किन्छन् । यतिका बाबजुद् पनि प्रहरी सेवामा कार्यरत केही प्रहरीले भने समाज र राष्ट्रका लागि यस्तो काम गरिदिन्छन्, जसलाई नसम्झी मनले मान्दैन ।
यस्तै पात्र हुन्- नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली ‘सानु’ । १५ वर्ष नेपाल प्रहरीमा सेवा गरिसकेका सानुले गए जेठ २ गते जादुयी काम गरेर देखाइदिए । हो, उनले विश्वको अग्लो शिखर सगरमाथा चढेर देखाइदिए ।
इन्टरपोलको १०० औं वर्ष लागेको अवसरमा इन्टरपोलको १९५ देश र नेपाल प्रहरीको ८० हजार फोर्सको प्रतिनिधित्व गरेर पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका पुरुषोत्तम यतिखेर लोकप्रिय बनेका छन् । प्रहरी बनेर सेवा राख्न चाहने नयाँपुस्ताका लागि ‘आइकन’ बनेका छन् ।
बाल्यकालभरि पूरा गर्न नसकेको सपना ३९ वर्षपछि पूरा गरेका पुरुषोत्तम भन्छन्, ‘बुवाआमाले पर्यटनसम्बन्धी व्यवसाय गर्नुहुन्थ्यो । बाल्यकालदेखि नै हिमाल आरोहण गरेका मान्छेलाई देख्दा सगरमाथा चढ्नुपर्छ भन्ने भाव थियो ।'
जीवनको ३९ औं वसन्त पार गरिसकेका पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) र नेपाल प्रहरी संगठनको प्रतिनिधित्व एक्लैले गरी हिमाल चढे । र, सगरमाथाको चुचुरोसम्म पुगेर नेपालको राष्ट्रिय झण्डासिहत नेपाल प्रहरी र इन्टरपोलको झण्डा फर्फराउने पहिलो व्यक्ति बने ।
तर सानो दुःखले हिमाल चढेका भने होइनन् पुरुषोत्तमले । सगरमाथा चढ्ने सपना त जागिर सुरु भएपछि होइन, बाल्यकालदेखि नै हो । र, उनको बाल्यकाल सुरु हुन्छ, लुक्लाबाट ।
०००
सोलुखुम्बुको लुक्ला भन्नेबित्तिकै हिमाल सम्झिन मन लाग्छ । सगरमाथा मनमा आउँछ । मनै शीतल हुन्छ । पुरुषोत्तम देशकै अग्लो हिमाल सगरमाथाका शीतल छाया शिरमा राखेर हुर्किएका थिए ।
आकाश खुलेको बेलाको घरको आँगनबाट उत्तरतिर हेर्दा देखिएको सगरमाथा पुरुषोत्तमलाई दौडिएर चढिदिन मन लाग्थ्यो तर अवाेधपनले भरिएको बालक पुरुषोत्तमलाई थाहा थिएन त्यहाँ पुग्न धेरैवटा पहाड उग्लिनुपर्छ । धेरैवटा हिमाल छिचोल्नु पर्छ ।
शरीरले नसके पनि मनले उनी पटकपटक सगरमाथा उक्लिन्थे । ठूल्ठूला ढुंगा उक्लिएर साथीहरूलाई सगरमाथा चढेको गफ दिन्थे । घरमा बाआमालाई सगरमाथा चढ्ने जिद गर्थे तब उनका बाआमाले सगरमाथाको उचाइको भाषा बुझाउँथे । भन्छन्, ‘सानैदेखि सगरमाथा चढ्ने सपना थियो । कयौंपटक ठूल्ठूला ढुंगागामाथि चढेर सगरमाथा उक्लिएकाे रहर मेटाइन्थ्यो ।’
खुम्बु आइसफलबाट क्याम्प वानमा पुग्दा खाल्डोमा चढ्ने, जम्प गर्ने भर्याङहरू हुने पुरुषाेत्तम बताउँछन् । उनी भन्छन्, ‘क्याम्प वानबाट माथि पुग्न वारिपारि भर्याङ राखिएको हुन्छ । क्याम्प वानदेखि टुसम्म पुग्ने बाटो निकै अप्ठ्यारो छ । क्याम्प टुमा बसेपछि क्याम्प थ्री जानुपर्ने हुन्छ । क्याम्प थ्री जाने आधा बाटो तेर्सो छ ।'
मान्छेको बचपन, जे देख्यो त्यही रहर गर्ने हो । बालमष्तिस्कमा गहिरो गरी बस्ने गर्छ । पुरुषोत्तमको मनमा पनि हिमाल आरोहण गर्ने सपना अमिट छाप बनेर बसेको थियो । उनी साथी सर्कलमा हिमाल उग्लिने सपना सुनाउँथे ।
बाल्यकालभरि पूरा गर्न नसकेको सपना ३९ वर्षपछि पूरा गरेका पुरुषोत्तम भन्छन्, ‘बुवाआमाले पर्यटनसम्बन्धी व्यवसाय गर्नुहुन्थ्यो । बाल्यकालदेखि नै हिमाल आरोहण गरेका मान्छेलाई देख्दा सगरमाथा चढ्नुपर्छ भन्ने भाव थियो ।'
बुवा जीतबहादुर नेपाली र आमा टीका माया नेपालीबाट जन्मिएका पुरुषोत्तमले नेपाल प्रहरीमा १५ वर्ष बिताइसके । पछिल्लो समय सगरमाथा आरोहण गर्नेको संख्या बढेको छ । अहिले त नेपालीहरू पनि सगरमाथा उक्लिन सक्छन् । गइरहेका छन् । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नु कम जोखिम भने छैन । हिउँको बाटो, ठाडै उकालो ।
अनेकौ चुनौतीलाई पार गरी सगरमाथाको शिखरमा पुग्नु भनेको सामान्य कुरा होइन । सगरमाथाको यात्रामा मर्ने र बाँच्नेको कुनै टुगों नहुने अनुभव सुनाउँछन् पुरुषाेत्तम । ‘बाँच्ने कुरा बिर्सिएर आफूलाई नै दाउमा राखी गरेको यात्रामा सफल भएर फर्कनु भनेको मृत्युलाई नै जित्नु हो’, उनले भने ।
हिउँबाट बचाउँदै संसारकै अग्लो सगरमाथा उग्लिनु भनेको आफूलाई माया मारेर हिँड्नु हो, आफूलाई बिर्सिनु हो । तर पुरुषोत्तम भन्छन्, ‘मैले पनि आफूलाई बिर्सिएर हिँडेको थिएँ । परिवार नडराएका होइनन्, सम्झाएर गएँ ।’
२०८० जेठ २ गते पुरुषोत्तम सगरमाथाको यात्रा तय गरी काठमाडौंबाट हिँडेका थिए । संघर्ष नै जीवन हो भन्ने सोचबाट अभिप्रेरित उनले ३३ दिन लगाएर सगरमाथाको सफल आरोहण गरेका हुन् । हरेक दिन पाइला-पाइलामा डर र चुनौतीको सामना गरेका थिए उनले ।
‘चुनौती र सामनाबिना सफलता पाइँदैन भन्ने थाहा छ । त्यसो भए किन रिक्स नलिने त भन्ने पनि भयो अनि आँटियो’, पुरुषोत्तम भन्छन्, ‘नेपाल प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति बन्न पाउँदा आफैंमा गर्विलो इतिहास हो भन्ने लाग्छ । नेपालको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा अहिलेसम्म पनि विश्वले साहसिक नेपाली र वीर गोर्खाली भनेर चिन्छ । त्यसैले पनि सफल आरोहणपछि आफू नेपाली हुनुको गर्व शब्दमा भन्न सकिँदाे रहेनछ ।’
हिमाल चढ्दा हिमालकै डर हुन्छ । पुरुषाेत्तम जटिल अनुभव सुनाउँछन्, ‘खुम्बु आइसफल सबैभन्दा खतरनाक थियो । त्यसलाई मृत्युद्वार पनि भन्ने गरिन्छ ।’
उनका अनुसार यात्राको क्रममा खुम्बा आइसफलमा तीन जनालाई हिउँले पुरेर मृत्यु भएको थियो । त्यस्तो अप्ठ्यारो खुम्बु आइसफल दिउँसो हिउँ पग्लिने भएका कारण रातिको १२ बजे हिँड्नुपर्दो रहेछ । पुरुषाेत्तम भन्छन्, ‘सबैभन्दा जोखिमयुक्त आइसहरू त्यहाँ देख्न पाइन्छ । क्याप १ मा पुग्नुभन्दा अगाडि बेसक्यापबाट खुम्ब आइसफल जानुपर्छ ।’
हरेक यात्रा जोखिमपूर्ण हुन्छ । यात्रा भनेको जस्तो सहज पनि हुँदैन । यात्रा भनेको आइपर्ने समयसँग भिड्दै अगाडि बढ्नु हो । यात्रा जाँदा मात्रै सजिलो हुँदैन । अझ हिमालको यात्रा जाँदा भन्दा फर्किदा गाह्रो हुने अनुभव छ पुरुषाेत्तमकाे । गएको बाटो आउँदा हराएको हुन्छ । हिउँले पुरेको हुन्छ । मान्छे बाटो पहिल्याउन नसकेर हराउने सम्भावना पनि उत्तिकै हुन्छ ।
खुम्बु आइसफलबाट क्याम्प वानमा पुग्दा खाल्डोमा चढ्ने, जम्प गर्ने भर्याङहरू हुने पुरुषाेत्तम बताउँछन् । उनी भन्छन्, ‘क्याम्प वानबाट माथि पुग्न वारिपारि भर्याङ राखिएको हुन्छ । क्याम्प वानदेखि टुसम्म पुग्ने बाटो निकै अप्ठ्यारो छ । क्याम्प टुमा बसेपछि क्याम्प थ्री जानुपर्ने हुन्छ । क्याम्प थ्री जाने आधा बाटो तेर्सो छ ।'
क्याम्प थ्रीको जुमर पोइन्ट छ । डोरीको भरमा लगातार ६ घन्टा उकालो हिँड्नुपर्ने हुन्छ । क्याम्प थ्रीबाट लगातार उकालो भिरालो बाटो डोरीको भरमा १० देखि १५ घन्टासम्म हिँड्नुपर्ने पुरुषाेत्तम बताउँछन् । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘क्याम्प थ्रीबाट क्याम्प फोरसम्म पुग्ने बाटोमा एकदमै भिरालो छ । ठूलाठूला हिँउका डल्लाहरू मात्र हुन्छन् ।’
उनी क्याम्प फोरका बारेमा पनि सुनाउँछन्, ‘क्याम्प फोर फुटबल मैदानजस्तो फराकिलो छ । त्यहाँ अत्यधिक हावा चल्ने रहेछ । हिउँ जमेको ठाउँ, माइनस डिग्री तापक्रम हुँदा चिसो अत्यधिक थियो । त्यो बीचको एक किलोमिटरको भागमा सास फेर्नसमेत गाह्रो हुने ठाउँ छ । त्यो पार गरेर समिट गरेपछि सगरमाथाको शिखरमा पुगें । सगरमाथाको शिखरमा पुगेपछिको खुशी कुनै पनि शब्दमा व्यक्त गर्न सकिँदैन।’
अनेकौ चुनौतीलाई पार गरी सगरमाथाको शिखरमा पुग्नु भनेको सामान्य कुरा होइन । सगरमाथाको यात्रामा मर्ने र बाँच्नेको कुनै टुगों नहुने अनुभव सुनाउँछन् पुरुषाेत्तम । ‘बाँच्ने कुरा बिर्सिएर आफूलाई नै दाउमा राखी गरेको यात्रामा सफल भएर फर्कनु भनेको मृत्युलाई नै जित्नु हो’, उनले भने ।
‘चुचुरोमा पुगेपछि शिखरमा ढोगें, विश्वमा शान्ति फैलियोस् भनेर कामना गरें र एकछिन बसेर घर, परिवार र सानी छोरीलाई सम्झिएँ’, त्यतिखेरको अनुभव सुनाए पुरुषाेत्तमले ।
यात्राको क्रममा लगुजे भन्ने ठाउँको बारे बताइरहँदा उनको अनुहार मलिन भयो । त्यस क्षणमा पाएको दुःख बताउन पनि उनलाई गाह्रो भयो ।
‘लगुजेमा अत्यधिक गाह्रो भयो, राति सास फेर्न गाह्रो भएर छट्पटी हुँदा आजै अन्तिम दिन रहेछ भनेर छोरी र घर परिवारलाई फोन गरें’, पुरुषाेत्तमले भने, ‘ हामीलाई सहयोग गर्ने गाइड शेर्पा पनि रुम प्याक भएका कारण कहाँ सुत्नु भयो पत्ता पाउन सकिनँ । पछि बलबल्ल त्यहाँको साहुजीलाई उठाएर सहयोग मागें ।’
लगेजुमा जोखिमसँग जुदिरहेको बेला बाहिर हिउँ परेको थियो । त्यो अवस्थामा पनि हिउँका प्रवाह नगरी भरियाहरूलाई आफ्नो अवस्था सुनाएका थिए पुरुषाेत्तमले । त्यसपछि भरियाले भुटेको मकै-भटमास र पानी खाना दिएका रहेछन् । त्यति खाएर सुतेको रहेछन् ।
उनी भन्छ्न, त्यो मकै भटमासले मलाई राहत दिलायो ।’
हिमालमा लेक लाग्छ । अक्सिजनको मात्रा कम हुन्छ । उनले पनि त्यो दुःख भोगे । अक्सिजनको लेबल घटेर सास फेर्न गाह्रो भएपछि उनले टिमुर लसुनको अचार र मकै भटमासको सहारामा आफूलाई बचाउन सकेका थिए ।
पुरुषाेत्तम भन्छन्, ‘हिमाल ठूला र महंगा चिजको सहाराले मात्रै चढिँदो रहेनछ । साना साना कुराको पनि महत्त्व हुँदोरहेछ, जसले ज्यान जोगाउन अहम भूमिका खेल्छ ।’
हरेक यात्रा जोखिमपूर्ण हुन्छ । यात्रा भनेको जस्तो सहज पनि हुँदैन । यात्रा भनेको आइपर्ने समयसँग भिड्दै अगाडि बढ्नु हो । यात्रा जाँदा मात्रै सजिलो हुँदैन । अझ हिमालको यात्रा जाँदा भन्दा फर्किदा गाह्रो हुने अनुभव छ पुरुषाेत्तमकाे । गएको बाटो आउँदा हराएको हुन्छ । हिउँले पुरेको हुन्छ । मान्छे बाटो पहिल्याउन नसकेर हराउने सम्भावना पनि उत्तिकै हुन्छ ।
‘एउटा डोरीको भरमा सयौं जना फर्किनुपर्ने रहेछ । एउटै डोरीबाट हामी झर्दै थियौं भने अरू जाँदै हुनुहुन्थ्यो । फर्किंदा पनि यति जोखिम थियो कि मृत्यु भयो भने शवसमेत नपाइने अवस्था थियो । भिरालो बाटो चिप्लेर कता पुगिन्छ ठेगान नहुने रहेछ’, चुचुरोबाट फर्किदाको अनुभव सुनाए उनले ।
फर्किने क्रममा पुरुषाेत्तम धेरैपटक लडे । जब-जब लडे जीवनको माया लाग्दो रहेनछ । केवल बलियो समाउने र टेक्ने ठाउँको याद हुँदोरहेछ । यस्तै एउटा अनुभव पुरुषाेत्तमले सुनाए, 'भुल्नै नसक्ने क्षण त त्यो थियो जब म एउटा शवमाथि लडें । त्यति बेला मैले जीवनको अन्त्य नै यही रहेछ कि भनी आफ्नो घर परिवार र छोरीलाई सम्झिएँ ।’
घरबाट यात्रामा निस्किन लाग्दा कान्छी छोरीको खुट्टा ढोगेको र सफल अरोहण गरेर फर्किएपछि पनि उही छोरीको खुट्टा ढोगेको बताउँछन् पुरुषाेत्तम । उनले भने, ‘विमानस्थलमा मेरो सानो छोरी, घर परिवार र डिआइजीहरू स्वागत गर्न आउनु भएको थियो । परिवारलाई देखेपछि आफूलाई सम्हाल्न सकिनँ र आँसु झर्याे।’
सांगीतिक क्षेत्रमा पनि रुचि राख्ने पुरुषाेत्तम सगरमाथा चढ्ने सानैदेखिको सपना पनि भएकोले पनि सफल भएको बताउँछन् ।
उनले दजनौंभन्दा धेरै गीत लेखिसकेका छन् । उनले ३ वर्ष अगाडि सगरमाथा आरोहण गर्न जादाँ परिवारसँग छुटिदाको पीडा कस्तो हुन्छ भन्ने भावलाई समेटेर ‘फर्की आउने हो कि होइन’ भन्ने बोलको गीत लेखेका छन् ।
उनी भन्छन्, ‘मैले केही दर्जन गीतहरू लेखेको छु । खुम्बु पासाङ गाउँपालिकाको आधिकारिक राष्ट्रिय गीत पर्यटन प्रवर्द्धन गर्न मैले पहिलो पटक गीत लेखेको हुँ । ‘फर्की आउने हो कि होइन’ भन्ने बोलको गीतको भाव मैले आफैं हिमाल आरोहण गरेर अनुभव गरें । गीतले यर्थाथ झल्काउँछ ।’
पुरुषाेत्तमले सगरमाथा आरोहणको अनुभव र यात्रालाई समेटेर एउटा किताब लेख्ने तयारी गरेको बताउँछन् । भन्छन्, ‘इन्टरपोल र नेपाल प्रहरी संगठनबाट नेपालमा भएको सगरमाथा अरू राष्ट्रले आरोहण गर्याे भने नेपालको इतिहास नै लज्जास्पद हुन्थ्यो । त्यही भएर मैले परिवारलाई मनाएँ । इन्टरपोल र प्रहरी संगठनबाट पहिलो पटक मैले नै सगरमाथा आरोहण गरें ।’