बागमती । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा १३ जिल्लाका लक्षित वर्गका ६ हजार ८९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले २ करोड ३४ लाख १५ हजार ९५० प्रिमियम तिरेर बीमा गरिदिएको हो । मन्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बीमा बापतको प्रिमियम तिरेको छ ।
प्राप्त विवरणअनुसार काठमाडौं जिल्लाका १५५ घरपरिवार भक्तपुरका ३५ घरपरिवार, ललितपुरका ५५० घरपरिवार, काभ्रेपलाञ्चोकका ७२० घरपरिवार, नुवाकोटका ५७३ घरपरिवार, रसुवाका १८१ घरपरिवार र रामेछापका ३१९ घरपरिवार, धादिङका ५९१ घरपरिवार, मकवानपुरका १०१ घरपरिवार, दोलखाका २७४ घरपरिवार, सिन्धुपाल्चोकका १ हजार ३१४ घरपरिवार, सिन्धुलीका ४७९ घरपरिवार परिवार तथा चितवनका १ हजार ६०३ घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।
सबैभन्दा बढी चितवनमा स्वस्थ्य बीमा गरिएको बताइएको छ । १०४ जना महिला स्वयंसेविका, अपाङ्गता भएका ३७७ जना तथा अति सीमान्तकृत १ हजार १२२ परिवार गरी १ हजार ६०३ परिवारका ५८ लाख ३८ हजार जनाको स्वास्थ्य बीमा बापतको भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।