जगदुल्ला गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित घोषणा गर्ने जिल्लाको पहिलो स्थानीय तह

जगदुल्ला गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित घोषणा गर्ने जिल्लाको पहिलो स्थानीय तह

काठमाडौं । डोल्पाकफ जगदुल्ला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । 

मंगलबार विशेष कार्यक्रमको आयोजना गरी जगदुल्ला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष नारासिं राेकाया, प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा गाउँपालिकालाई अझ अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । 

प्रजिअ पोखरेलले जगदुल्लासँगै अन्य स्थानीय तह पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुने बताए ।