काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा आज शनिबार साढे २ घण्टादेखि ९ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको हो । ती स्थाहरूमा लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर ‘सट डाउन’ गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौंका बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थली लगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ, ग्रिनहिल सिटी लगायतका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने पानीट्यांकी, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जालीकारखाना, घट्टेकुलो, गोरखा एफएम लगायतका क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।