काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० सिरिजको पहिलो खेल आज हुँदैछ ।
टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुँदैछ ।
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टीमको घोषणा गरेको छ ।
नेपाली टीममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम छन् ।
नेपाल टुरमा आएको वेस्ट इन्डिज ‘ए’ टीममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श छन् ।
प्रशिक्षण टीममा मुख्य प्रशिक्षक फ्लोयड रेफर, सहायक कोचमा रेयन ग्रिफिथ, फिजियोथेरापिस्टमा नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोचमा शेन कूपर, प्रबन्धक र विश्लेषकमा अवनेश सीताराम छन् ।
सार्वजनिक खेल तालिकाअनुसार नेपाल र वेस्ट इण्डिज ‘ए’बीच पहिलो खेल आज हुँदैछ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा, चौथो मे २ मा र पाचौं मे ४ मा हुनेछ ।