काठमाडौं । प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ ।
सोमबारबाट बजेटमाथिको छलफल प्रारम्भ भएको हो । सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ ।
नीति तथा कार्यक्रमलाई गतिहीन दस्ताबेजको संज्ञा दिएको एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ ।



























