काठमाडौं ।
अब कस्तो नेतृत्व चाहियो ?
दिगो शान्ति,राजनैतिक स्थिरता,आर्थिक,सामाजिक,साँस्कृतिक विकास र समृद्धिका लागि सर्बप्रथम् नेपाली सामाजमा ईमान्दारिता,नैतिकता ,निष्कलंक समाज, निष्ठावान भई देश र जनता प्रति वफादारी राज नेतृत्व र पार्र्टी आवश्यक छ ।
त्यसमा पनि लगनशिल,मेहनती , नैतिकवान, निष्पक्ष ,कर्तव्यनिष्ठ, ध्यैर्येवान,साहासिक, स्थिर, कर्म अनसार फलको आशा गर्ने, कथनी र करनीलाई एक रुपता ल्याउन सक्ने अनिर्भिक भुई तहको समस्याहरुको पहिचान गरि जनता, कार्यकर्ता र सामाजिक अभियान्ताहरुलाई विना विभेद एकाकार गर्न सक्ने व्यक्ति ,नेतृत्व र दलको जरुरी छ ।
विश्वासघाती वा हरण टेष्टेड् नेता र दलको कुनै आवश्यक छैन अर्थात जनता प्रति पाप र गल्तीको प्रयाचित गर्ने नेतृत्व नजनतालाई स्वीकार्य छ । नेता त्यो हुन सक्छ जसले विगतका कमिकमजोरी सच्याउन वा गल्तीको आत्मआलोचना गरेर अगाडि बढ सक्ने जन तहको नेता तथा कार्यकर्ताहरुको आजभोली खाँचो छ । राजनैतिक भ्रष्ट्राचार र कुनै पनि सार्वजनिक,फौज्दारी अपराधमा आरोपित र घोषित व्यक्ति र समुहले मुलुकको नेतृत्व गर्न सक्दैनन ।
असफलताबाट डराउने र अवसरवादी सोच भएका नेता र कार्यकताहरुको पनि अब यो मुलुकलाई आवश्यक छैन । त्यसमा पनि आफना गल्ती,कमिकमजोरी ढाक छोप गर्ने र आर्दशको खोल आडेर ईमान्दार, मेहनति कार्यकर्ता र जनतालाई आर्दशवादमा भुलाएर वा बाहिर बाहिर विचारको व्याख्या गर्ने भित्र भित्र आफनो व्यापा र स्वार्थ पुरा गर्ने नेता,दल र कार्यकर्ता पनि आजको समयमा टिक्न सक्दैनन् ।
सार रुपमा भन्नु पर्दा मुखमा राम राम बगालीको च्छुरा गर्ने नेता,कार्यकता र दलहरुका अब नेपाली नेताले थेक्न नसक्ने अवस्था सृर्जना भई सकेको छ । त्यसमा पनि दललाई निजि कम्पनी बनाउने र दल वा पार्टीको नाममा परिवारिक स्वार्थ पुरा गर्ने सेण्डीकेट प्रणाली जनतालाई झनै स्वीकार्य छैन । परिक्षण भएका दल, नेता , कार्यकर्ता र सामाजिक अगुवा र अभियान्ता प्रति जनता सन्तुष्ट छैन ।
अब टेको लगाएर टिक्ने नेता तथा पार्टीहरुको दिनगन्ती शुरु भई सकेको अवस्था वर्तमान परिस्थितिले जनाई सकेको छ ।नातावाद ,कृपावाद ,फरियाँवाद र बिचौलियावाद तथा नक्कली कम्युनिष्ट,बामपन्थी,लोकतन्त्रवादी र राजतत्रवादीहरुको कुनै स्कुल अब नेपालमा चल्ने वाला छैनन् ।त्यसैले जो जहाँ छौ,त्यहाँबाट ,त्यसैको सिद्धान्त,विचार,व्यवहार ,कार्यशैली,कार्य योजना,रणनति र कार्यनिति ईमान्दारीपुर्वक लागु गरौं । छलकपट ,आसेगाँसे नगरौ ।
डुब्बलिकेट नगरौ र धोका दिने काम कोही कसैले नगरौ । भ्रममा नपरौ,भ्रमित नहाऔ । नक्कली,बाम कम्युनिष्टवाद,लोकतन्त्रवादी र राजतन्त्रवादी मुर्दावाद गरौ । सक्षम निर्णय क्षमता भएको निड्र त्यागी,धैर्येवान,निmस्वार्थी तथस्थ र निष्पक्ष तथा विवेकी ज्ञान,अनुभव र बौद्धिक राज नेतृत्व अब जनताले खोज्नै पर्छ,जम्मनै पर्छ ।
नयाँ हुन र जनतालाई विश्वस्त बनाउन नयाँ संकल्प सहितको स्वायत पत्र जारी गर्दै प्रतिवद्धता अनुरुप सदभाव,सदाचार ,सदव्यबहार, सहिष्णुता, सदविवेक, सदबुद्धि,एक अर्का वीच सम्मान, इज्जत गर्ने संस्कृती अनुसार अगाडि बढौ । प्रतिवद्धता सहितको साझा भावनाको विकास ,आन्तरिक राष्ट्रिय एकता, अन्तरसम्बन्ध वीच सन्तुल मिलाऔ । हृदयदेखि ,असल चरित्र,स्वाभाव नैतिक भावनाको निर्माण गदै एकअर्का वीच पारस्पारिक सहयोगी भावना जस्ता सकारात्मक सोच र विचारको विकास गरौ ।
धैर्यवान र चरित्रवान,नैतिकवा तथा राजनैतिक संस्कार र ज्ञान सिप भएका नेता र धैर्यमान जनताको पनि आवश्यकता खड्किएको छ । साच्चै अब राज्यलाई नयाँ बनाउने सुं.सस्कृती सहितको राजनैतिक चरित्र र व्यवहारिक अनुभव तथा ज्ञान भएको राज नेतृत्वको विकास हुनु अनिवार्य शर्त हुनु पर्छ । त्यसको खाजि समय मै गर्नु पर्ने भएको छ ।
हाम्रा नेता र दलहरुका कारण प्रतिगमनको शिर उठ्यो
नेपाली राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु संस्कारविहिन भर्ई स्वार्थ लोलुपले ग्रस्त भएका छन भने अर्को तिर व्यभिचारी र अनैतिककारी तथा भ्रष्ट्राचारी भएका छन् ।,पछिल्लो घटनाक्रमले नेपाली राजनेताहरु मानव तस्कर,सुन तस्कर, सार्वजनिक जग्गा खरिद विक्रि गर्ने विचौलियाका रुपमा परिचित भएका छन ।
ती पार्टीका तल्ला स्तरका नेता कार्यक्रताहरु आफनो शिर्ष नेताहरुले गरेरका कु –कार्यका प्रसंसक भएका छन । हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खस्रो पात जस्तै नेपाल राज्य भएको छ । नेपाली राजनैतिक दलका अवस्था र कृयाकलापहरु जस्तै २०६४ को निर्वाचनमा बहुमतमा आएको नेकपा माओवादी केन्द्र आफनै कृयाकलाप र पार्टी भित्रको शक्तिको खीचातानीले टुटफुट भई कमजोर हुदै गई आज आएर ३२ सीटमा सिमित हुनु ,दुई तिहाई बहुमतको नेकपाको सरकार विघटनको बाटो तिर लाग्नु र गठबनधनको नाममा गठित बहुमतको सरकार शक्तिको खेलमा विघटन भई अस्थिर सरकार बन्नु आदि कृयाकलापले नेपाली राजनितिका कमजोर र अस्थिर पक्षहरु हुन ।
वर्तमान नेपाल राज्यको अवस्था अस्थिरतावादी ,प्रतिगमनकारीको लागि अनुकुल समय बनेको छ । यि अस्थिरता र प्रतिगमनकारीहरुलाई अनुकुल बातावरण सृर्जना गर्ने काम शासक दल नेता कार्यकर्ताहरुबाट भएको हामीले स्वीकर्न सकेनौ भने त्यो अर्को महाभुल हुन जाने छ । नेपाली जनताले आशा,भरोसा,विश्वसका साथ जिम्मा दिईएका राजनैतिक दलका नेता ,कार्यक्रर्ताहरु पछिल्ला चरणमा नक्कली भुटानी शरणार्थी जस्तामानव तस्करी, सुन तस्कारी तथा सार्वजनिक घर जग्गा हड्पने र नितिगत निर्णय गरेर पन्छने लगायतका दर्जनौ धिन लाग्दा भ्रष्टचारयुक्त घोटाला काण्डमा मुचिएर बदनामा भएका छ ।यस्तै घृणित कामका कारण पनेपाली जनताहरुमा दलहरु प्रति रहेको विश्वस घटदो अवस्थामा पुगेको छ ।
दलहरुमा एक आपसमा विवाद,आराुप प्रति आरोप र विश्वासको संकट पर्दा ६ महिना ९ महनामा सरकार गिर्ने गरिाउने खेलले नेपाल राज्य अस्थिर र संकटमा फस्दै छ । जसले गर्दा प्रतिगमनकारी र प्रतिकान्तीकरीहरु मौलाउने र सलवलाउने बलियो अवस्था बनेके छ दलका शिर्ष नेता तथा कार्यकर्ताहरुको कारण ।अब नेपालमा विभिन्न काण्ड ,अपराधिक तथा अनैतिक कार्यमा आरोपित दलका नेता तथा कार्यक्रताहरुले नेपाली जनताबाट क्लिन चिट नलिएसम्म उनीहरु विश्वासको संकटमा परि रहने र उनीहरुबाट विकास र समृद्धिका नारा तथा कार्यक्रमहरु ओझेलमा परि रहने भएकोले मुलुकको आर्थिक सामाजिक र राजनैतिक अवस्था पनि संकटमा परि रहने भएको छ ।
नयाँ बैकल्पिक धारको छाटकरी समिक्षा
त्यसैले सबै राजनैतिक दलहरुमा सुध्रिएर सकारात्मक सोच र संस्कारमा अनिवार्य रुपान्तरित हुन आवश्यक छ । नेतृत्वको भनाई र गराईमा एकरुपताको आवश्यक छ । नेपालका यस्ता दल र नेतृत्वहरु छन् । उनीहरु कार्यकर्ताहरुको गोप्य भेला गोष्ठी ,प्रशिक्षणमा ठुला ठुला आर्दश र विचारका कुरा गरेर कार्यकर्ताहरुलाई मन्दविष विचार कै पिलाउने ,व्यवहार आफनो पत्नी,छोरी ,बुहारी,नातपात कै रुपमा पदिय स्वार्थको गोप्य सम्झौता गर्ने ,आन्तरिक सम्झौता नमिल्दा तिनै दलको विरुद्धमा विषवमन गर्ने चरित्र भएका बैकल्पिक दलहरु छन् ।
म पंत्तिकारले आजभन्दा ८ बर्ष पहिले बैकल्पिक शक्ति वा धारको निमार्ण गर्ने भनेर डाक्टर बाबुराम भटटराईको नेतृत्वमा गठित नयाँ शक्ती अभियानमा लागेर समय खर्चिने काम भयो,तर डाक्टर भटटराईले अभियानलाई बदलेर नयाँ शक्ति पार्टी हुदैं नेपाल समाजवादी पार्टी बनाउदै आउनु भयो । एजेण्डा ।विचार फेर्दै पुरानादलहरुसँग एकल निर्णयमा संसदिय अभ्यासमा भाग लिनु भयो ।त्यसमा पनि कुरा मिल्दा पुराना दलहरुको पिछ लाग्न हुने,नमिल्दा उनीहरुसँगै विभिन्न वहानामा पानी वारा वार गर्नु पर्ने अवस्थाले गर्दा त्यो नयाँ हो या पुरानै दलको संस्करण हो, भुलभुलैया हो । त्यो नेपाली जनताले खुट्टयाउन र छुट्टाउन नसकेको अवस्था छ । त्यो समिक्षाको विषय बनेको छ ।
त्यसमा पनि आफना समस्याहरु निश्चित गुट वा व्यक्तिद्धारा भन्न लगाएर आफनो स्वार्थपुर्ति गर्ने देखियो । तिनिहरुको बारेमा पनि बिशेष निगरानी मुल नेतृत्वले गर्न सक्नु पथ्र्यो । तब मात्र पार्टी वा समुहको नेतृत्व गर्न मुल नेतृत्व सफल र सक्षम हुने थियो । त्यसैले राज्यलाई नयाँ धराताल वा उचाँई वा विकास र समृद्धिका शिखरमा पुरयाउन सबै क्षेत्र,निकाय ,वर्ग,समुदाय जाती, भाषाभाषीहरु वीच प्रगाढ भाईचाराको सम्बन्ध, ,समन्वय ,सहकार्य ,सन्तुलित व्यवहार र अपनत्व भावनाको विकास हुन्छ ।
नयाँ वैकल्पिक शक्ति वा धारको विकास गर्ने चाहे डाक्टर बाबुरामको पार्टी होस,रवि लामीछानेको पार्टी होस ,उनीहरु पुरानै दलका कमिकमजोरी खोजेर नयाँ जनमत बटुली रहेका हुन ।उनीहरुको नयाँ विचार,सिद्धान्त र कार्य योजनाहरु हात्तीका देखाउने दाँत जस्ता भएको पाईन्छ ।नेपालको राजनतिमा नयाँ नयाँ एजेण्डा र कार्यक्रमहरु पस्किने धेरै दल समुह आए,उनीहरु सत्ता र सरकारका चास्नि र शक्तिको भुमरिमा परेको परेर आलोचित भई रहको अवस्था छ ।
अब के गर्ने त ?
अहिले नेपाल राज्यलाई स्वच्छ चरित्र, शुद्धभावना, शाहासिक ,साझा सोचाई,विचार र नयाँ योजना एवम् दृष्टिकोण भएकै दुरद्रृष्टी राख्ने र नेपाल र नेपालीको वास्तविक आवाज र समस्या प्रति प्रतिबद्ध व्यक्तिको अति आवश्यक छ । त्यस्ता व्यक्तित्वहरुको संगठन वा संरचना नेपालमा हुनुपर्छ । अहिले नेपाली राजनितिमा राजनैतिक दस्तावेज एक प्रकारको ल्याउने व्यवहारमा बाहिर अर्कै गर्ने पार्टी र नेतृत्व अरुबाट संचालित हुने ।नेपाल , नेपाली समाज र जनताको हित गर्न नसक्ने राजनिति भयो । तल्लो स्तरका नेता कार्यक्रर्ता या वा त्यो तरिकाले झोले भए ।
माथिल्ला तहका नेताहरु शासक भए । जनताले यो लोकतन्त्र वहाली भएको ९ बर्षमा १७÷१८ सरकार र प्रम भोगी सकेका छन् । तर सामान्य सुधारका अवस्था वाहेक नेपाल र नेपालीको अवस्था फेरिएको छैन । त्यसैले नेपालमा कथनी र करनीमा एक रुपता ल्याउन सक्ने पार्टी वा नेर्तृत्व आजको आवश्यकता हो । यदि नेपाल र नेपालको सर्वापरि हित चाहने पार्टी वा नेर्तृत्वले राजनैतिक नैतिकता,संस्कार, व्यवहारका साथै सदभाव,सदविचारी,सदव्यवहार, उच्च नैतिकता ,मनोबल, मुल्य मान्यता,वोली वचनमा अति ख्याल राख्ने अनि योजना,कार्यक्रम र दलिय स्वार्थ भन्दा माथि उठेर देश,समाज र नागरिकका सर्वापरिहित राखेर अगाडि बढाउन सक्ने नेतृत्व र पार्टीको आवश्यक छ ।
त्यसमा पनि नेपाली जनताको वलिदान र सर्घषले आर्जेका लोकतन्त्र र गणतन्त्रको सकारात्मक पक्षलाई संस्थागत गरि अग्रमन र परिर्वतन तथा रुपान्तरणको पक्षमा आधुनिकता र वैज्ञानिक पक्षलाई बुझेर अगाडि बढन सक्ने पार्टी र नेतृत्वको खोजी वर्तमान अवस्थामा नेपाली जनता र मुलुकले खोजि रहेकोछ । केवल आर्दश र ललिपप वितरण गर्ने तरिकाले नेपाली दलहरु दिगो रुपमा चल्न सक्दैनन ।
दल वा पार्टीलाई सेवामुलुक भन्दा व्यावसायिक बनाउने ,साना साना,झुण्ड गुट उप गुट,बिचौलिया र सेण्डीकेट प्रणालीबाट अब नेपाल राज्य चल्न सक्दैन । पार्टीलाई निजि कम्पनी र परिवारवादको घेरामा राखेर पनि त्यसको दिगोपन हुन सक्दैन भन्ने तथ्य नेपाली जनताले दलहरुलाई पटक पटक सन्देश दिई रहे कै छन् । देश र जनाताका लागि नसोच्न पार्टी,नेता,अगुवा कार्यकर्ताहरु प्रति नेपाली जनतालै अब विस्तारै अविश्वाश गरि रहेको वर्तमान अवस्था छ ।
वर्तमान आशामुखी र उपलबधीको चाहाना राख्ने नेपाली जनतालाई कम्तीमा पनि १० देखी १५ बर्ष सम्म सन्तुलित प्रगति,उन्नती,समृद्धि र विकासका लागि मुलुकलाई कार्ययोजना,निति र अनुशासन दिन सक्ने नेत्ृत्व र पार्टी आजको आवश्यकता हो । विना विचार, कार्ययोजना एजेण्डा र नारा बोकर अगाडि बढने अनि मुलुकमा बोझ थुपार्ने नेतृत्व भन्दा थोरै तर ठोस योजना र जनपक्षीय दृष्टिकोण र विचार भएको व्यक्ति वा पार्टी नेतृत्वको अहिले आवश्यक छ । त्यसमा पनि बदलिदो अवस्था अनुसार वा जनताको विकसित चेतना मुताविक पद्धतिको विकास गर्नु पर्छ ।
पुरानै पद्धतिबाटै सिकेर वा अनुभव बटुलेर पनि मुलुकको शासकिय पद्धति बदल्नु पर्छ । सधै पुरानै पद्धति वा व्यवस्थाले मुलुक वा समाजलाई चलाउन सकिदैन । यो एतिहासिक भौतिकवादी द्धन्दनात्मक पद्धतिका अग्रगामी परिवर्तनको नियम हो । तसर्थ सामाजिक घटक वा परिघटनालार्इृ जनता वा समाजको आवश्यकता अनुकुल ढाल्नै पर्छ । १८ औ र १९ औ शताब्दीको परिस्थिति वा अवस्थालाई आजको सदर्भ वा आवश्यकतासँग जोड्ने प्रयत्न गरिएमा अराजाकतावादी वा अभौतिकवादी , अग्रगमन वा प्रगति र परिवर्तन विरोधी भईन्छ ।
त्यसैले यथास्थितिलाई आजको विकसित प्रविधि र विज्ञान अनुसार प्रतिस्पर्धात्मक र होसियारी दुबै अपनाउनु आजको आवश्यकता हो । त्यसैले मुलुकलाई सधै परिवर्तन र अग्रगमन तर्फ बढी रहेने दल वा समाजको आवश्यकता छ । त्यसैले ऐतिहासिक द्धन्दात्मक भौतिकवादले पनि त्यही भन्दछ । समाजले सधै नयाँ नयाँ परिर्वतन वा आवश्यकताको माग गर्दछ । त्यही स्पिरिट वा भावनालाई समात्नु नै अग्रपन्थी विचार हो । यसलाई फ्रन्टिष्ट दर्शन वा विचार भनिन्छ ।
समाज वा समयको गतिलाई पकड्नु वा परिवर्तनको पक्षमा उभिनु नै अग्रगमनकारी विचार अर्थात क्रान्तिकारी विचार हो । त्यसैले मुलुकलाई त्यस्तो पार्टी वा दल अर्थात नेतृत्वको आवश्यक छ । त्यसको जम्म नयाँ वैचारिक शक्तिको अबधारणबाट हुनु पर्छ । जस्ले पुराना कुनै पनि शक्तिसँग सौदावाजी नगरोस । विचार र दस्तावेज एक,अनि क्षणिक स्वार्थ र शक्तिका लागि पुरानै शक्तिसँग सम्झौता गरि मुख र दस्तावेजमा नयाँ व्यवहारमा पुरानै शक्तिसँग भित्रि स्पमा अलिखित सम्भ्mौता गर्ने हुन हुदैन ।
जारी सविधानबारे
मुलुकले २००७ देखि २०७२ साल असोज ३ गते अर्थात ७० को अवधिको लामो आरोह अवरोह वा जन सघर्ष ,जन आन्दोलनले एउटा राजनैतिक उपलब्धी प्राप्त गरायो । अहिले मुलुकले एउटा राजनैतिक युग पुरा गरेको हो । त्या के हो भने जनताले चुनेका वा जनप्रतिनिधि वा सविधान सभासदस्यले नेपालको सविधान २०७२ असोज ३ गते जारी गरेर नयाँ एउटा राजनैतिक अभ्यास शुरुवात गराएका हुन ।
यो कार्यलाई नेपाली जनताको ७० बर्षको प्रयत्न पछिको सफलता हो । यो सफलतालाई नेपालको इतिहासमा प्रथम् सफल जन प्रयत्नको रुपमा गणना गर्न सकिन्छ । भलै यो इतिहासिक कायले तराई, हिमाल, पहाडमा वसोवास गर्ने नेपाली जनताका सबै हक अधिकार पुरा गर्न नसकेको किन नहोस,तर ७० बर्षको लामो सघर्ष बलिदान,त्याग, तपस्या र बगेको शहिदको रगतले नयाँ सविधान जनताका प्रतिनिधिबाट जारी भए कै हो ।
यो संविधानका राजनैतिक उपलब्धीलाई स्वागत गदै उपयोग गर्ने र अपुग नेपाली जनताका हक अधिकारलाई संविधान संशोधन,सुधार र अवस्था अनुसार परिर्वन गरेर भए पनि अगाडि बढ्ने निति नेपालमा नयाँ बैकल्पिक शक्तिका रुपमा जम्मेको नयाँ शक्ति पार्टीले असफल प्रयत्न गर कै हो । त्यो पार्टीले हरेक पटक आफलाई नयाँ बैकल्पिक शक्ति वा धारको रुपमा परिभाषित गर्दा गर्दै स्वयंम त्यो पार्टी पुराना दल र उनीहरुसंग स्वार्थ र हैशियत खोज्दा खोज्दै आफना विचार,धारणा र कार्यनिति बदल्दै गयो ।
अनि यो पार्टीले आफनो संगठानिक स्वरुप निमार्ण नगर्दै स्थानिय निर्वाचन देखि प्रदेश र संघको निर्वाचनमा भाग लिने निर्णय र वेला कुवेला परिस्थितिको मुल्यांकन नगरि तराई केन्द्रित दलहरुसँग मिलेर अगाडि बढन खोज्दा अहिले आएर ढुलमुल गरि रहेको अवस्था यथार्थ नै हो । यो शक्तिले नेपालको राजनैतिक धराताल बदल्नु ल्याएका ऐजेण्डा र विचार नयाँ र समय सापेक्ष हुदा हुदै यसका नेतृत्व तहमा रहेका शिर्ष नेताहरुको ढुलमुले निर्णयले पुराना शक्ति भनेर आफै किटान गरेका दलहरुको पछि लग्गु भए कै कारण पार्टी पनि टुटफुट र नेता कायाकर्ताहरु पनि ढुलमुले भएका छन् ।
यो पार्टीको राजनैतिक दस्तावेज र नेतृत्वले स्वीकारको यर्थाथ हो । जे होस यस्ले तय गरेका शुसासनका ऐजेण्डाहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय निर्वाचन,पुर्ण समानुपातिक निर्वाचन पद्धती ,अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न संवैधानिक अम्बुस म्यान लगायतका राजनैतिक एजेण्डा र समुदायका आधारित समुन्नत समाजवाद तथा बैकल्पिक समाजवादी केन्द्र निमार्णको विचार समय सान्दार्भिक नै छन् तर कार्यान्वयन पक्षमा भने प ढुलमुल हुँदा ती ऐजेण्ढाहरुले स्थान ओगटन सकेका छैनन् ।
यो संविधानले मुलुक समाजवाद उन्मुख भने को छ ।यो मान्यतालाई पकडेर सहभागितामुलक लोकतान्त्रिक अभ्यास गदै पुँजीवादको सकरात्मक पक्षलाई उपयोग गरि समुन्नत समाजवाद स्थापना गर्ने तर्फ नयाँ दलहरु लाग्ने पर्र्छ । युग अनुसार देश जनताको सर्वोपरि हितमा संविधान र राज्य प्रणालीमा सुधार एवम् परिवर्तन ल्याउनु आवश्यक छ । वर्र्तमान जटिल परिस्थितिको मुल्याकंकन गरेर संकट व्यवस्थापनको लागि संविधान संशासन गरेर शासकिय प्रणालीलाई प्रत्यक्ष कार्यकारी,निर्वाचन पद्धती पुर्ण समानुपातिक , संघीय ससद सदस्यको सख्या जिल्लागत बनाउने र मुलुकमा देखापरेको विभिन्न अनियमितता र भ्रष्ट्राचारहरुको निष्पक्ष छानविन गर्नेको लागि जन लोकपालको संवैधानिक व्यवस्था गर्ने गरि राजनैतिक दलहरु तयार हुनु पर्छ ।
अन्यथा यही यथास्थितीमा मुलुक अगाडि बढन नसक्ने अवस्थामा छ ।संस्कारविहिन दललिय भागवण्डा र विकास निमार्णको बजेट बाँडफाडमा सेण्डीकेट एवंम् कमिशन जस्ता अनैतिक कार्यले मुलुक थिलोथिली भएको छ । व्यापार व्यवसायको नाममा मानव तस्करी,सुन तस्करी र सार्र्वजनिक जग्गा हड्प्ने जस्ता राजनितिको संलग्नताले दलहरु बदनाम भएका छन् । दलहरुको यस्तै यस्तै व्यवहारले गर्दा प्रतिगमन दोहोरीने हुन कि भन्ने जनतामा त्रास बढनु स्वाभाविक नै हो । राजनैतिक दलहरु नाम बदनामी गर्ने गराउने नदल,नेतृत्वहरुलाई ठाउमा ल्याउन कानुनी र संबैधानिक विकल्पबारे सोच्नै पर्छ । निपटर
नयाँ बैकल्पिक शक्ति धारबारे छोटो समिक्षाः
नेपालमा बैकल्पिक शक्ति बारे सर्वप्रथ्म वहस छेढने पुर्व प्रम तथा हाल विवादित नेसपाका अध्यक्ष डाक्टर बाबुराम भटटराई हुन । उनले नयाँ शक्ति अभियानबाट शुरु गरेर नयाँ शक्ति पार्टी,नेपाल हुदै समाजवादी पार्टी,जनता समाजवादी पार्टी हाल नेपाल समाजवादी पार्टीसम्म आई पुगेका छन् । उनले नयाँ शक्ति अभियान शुरु गर्दा नेतृत्वको दवत्वकरण,चाकरी चुप्लीसी, गुट उपगुटबाटा टाढा रहने ।पार्टीको तल्लो तहबाटनिर्वाचित भएर नेतृत्व चुन्ने, पार्टी नेता तथा कार्यकर्ताहरु होलटेप्पर नभई पार्ट टाईमर हुने,व्यवसाय ,राजगार संञ्चालन गरेर समय पार्टी अभियानमा लाग्ने,सबै पार्टी सदस्यहरु सस्थापक सदस्य हुने, सबै समान हुने तर जिम्मेवारी अनुसार फरक हुने, विभिन्न विचार समुहहरुबाट अभियान संञ्चालन गरि बृहत आन्तरिक(तराई,मधेश,हिमाल,पहाड जोडेर बृहत राष्टिय एकता कायम गर्ने आदि आदि विषय वस्तको उठान गर्दा त्यो निमार्णमा सबैले पुर्वती पार्टी त्यागेर केही नयाँपन ल्याउनको लागि अगाडि बढेका थिए ।
यसले ९ महिना देशभर अभियान चलाई २०७३, जेष्ठ ३० गते काठमाडौ रंगशालामा एक लाख कार्यकर्ताहरुले सपथ खाएर नयाँ घोषणा गरिएको पार्टी थियो । अनि २०७३ जेष्ठ ३१ र ३२ गते ४५ सय अगुवा कार्यकर्ताहरुका राष्ट्रिय भेलामा प्रस्तावित विधान, राजनैतिक दस्तावेज र आर्थिक विकासको मार्ग चित्र जस्ता दस्तावेज सार्वजनिक गरि घोषणा गरिएको पार्टी हो नयाँ शक्ति । यसको सगठन शुन्यबाट शुरु भएकोछ । शुन्यताबाट शुरु भएको पार्टीले व्याप्त भ्रष्ट्राचारलाई शुन्यमा पुरयाउने चुनौतिपुर्ण बहस शुरु गरेको गरेको थियो ।
काम आफैबाट ,आजैबाट अरुले होईन,हामीबाटै ,ठुलोबाट होईन,सानैबाट ,माथिबाट हाृेईन,तलबाट शुरु गर्ने जस्ता अभियानहरु चलाउन निति यसले बनाएको थियो । तलदेखि माथिसम्म सहभागितामुलक लोकतन्त्रका अभ्यास गरेर नेतृत्व चयन गर्ने विधि विधान थियो ।तत्काल यसमा आबद्ध हुने सदस्यहरु सबै सस्थापक हुने छन । कार्यक्षमता, अनुभव, पृष्टभुमि,खटन सक्ने ,स्वच्छ र स्वतन्त्र व्यक्ति तथा जनता वीच एकाकार हुन सक्ने र भई सकेका अनुहारहरुबाट बनेको पार्टी हो । यसमा म, आफनो र मेरो भन्दा पनि हाम्रो,राम्रो र सबैको साझा स्वामित्व ग्रहण गर्न सक्ने पार्टी हो नयाँ शक्ति । यो पार्टी एकजना व्यक्तिको लहड, वा प्रयासबाट बनेको पार्टी होईन ,बरु नयाँ विचार ,दृष्टिकाण र कार्यदिशा मुलुकको परिस्थिति अनुसार डाक्टर बाबुराम भट्टराईले अगाडि प्रस्ताव गरेरका थिए ।
त्यो प्रस्तावमा विचार मन्थन सबैले गरेर यो पार्टीलाई नेपाली जनताको साझा पार्टी बनाउन हामी लागि रहेका थियौ । यो पार्टीले महाधिवेशन नहुँज्जेलसम्म कार्यदिशा वाम—लोकतान्त्रिक समुन्नत समाजवाद स्थापना गर्ने लक्ष्य बनाएको थियो। वाम शब्दले पार्टीको प्रगतिशिल,अग्रगमनकारी र अविचलित जनपक्षीय भावनाको अभिव्यक्ति गर्दछ । यसले वुर्जुवा ,उदार वा प्रतिनिधिमुलक लोकतन्त्र भन्दा सहभागितामुलक लोकतन्त्रकलाई अपनाउने भनिएको थियो ।यसले राज्य नियन्त्रित र गरिबी (सर्वहाराकरण) बाँडेने समाजवादको विकल्पमा सबै सुखी ,सम्पन्न,धनी,सुख शान्ति हुने ,पेटभरी खानलाउन पाउने जनता, समुदाय र समाज केन्द्रित समुन्नत समाजवादको स्थापनाको उद्धेश्य राखेको थियो ।
यसले सहभागितामुलक ,समानुपातिक र समावेशी पार्टी निमार्ण गर्न भनेको थियो ।यस पार्टीका सबै सदस्यहरु सार्वभौम र मुख्य हुने भनियो् । सार्वभौम सदस्यहरुको निर्णय नै मुख्य हुने भनियो । यो पार्टी नेपाल कै बैकल्पिक नयाँ राजनितिक शक्ति र धारको रुपमा प्रचारमा आयो । बर्तमान वस्तुगत आवश्यकता र आत्मगत सोचाई अनुसार आर्थिक विकास र समृद्धि वाहेक नेपाल र नेपाली जनताको भलो हुन नसक्ने ठम्याईका साथ यसको निमार्ण भएको थियो ।
यसले आर्थिक विकास र समृद्धि विना राष्ट्र,राष्ट्रियता,एकता, स्वाधिनता ,स्वतन्त्रता अर्थव्यवस्था ,सार्वभौमिकता ,अखण्डता, स्वाभिमान बच्न र आत्मनिर्भर हुन नसक्ने ठहेर गरेरै नयाँ राजनीतिक बैकल्पिक शक्तिको रुपमा आफुलाई प्रस्तुत गरेको थियो। आर्थिक विकास र समृद्धि नयाँ शक्तिले मात्रै आफै गर्ने होईन, समृद्धि चाहने अन्य दल,समुह र व्यक्तिसँग हातेमालो गरेर पनि अगाडि बढने सोचको बनाएको थियो ।यसले असम्भव केही देखेको थिएन । त्यसवेला सबै सम्भव देख्दथ्यो । आफनै पालामा,नसिए अरुको पाला भन्ने विश्वास लिन्थ्यो ।
यो शक्ति चाहन्छ ,आर्थिक विकास र समृद्धिको एजेण्डा सबै दल र जनताको साझा बन्नु पर्छ र बनाईनु पर्छ भन्ने मान्यता राखेको थियो । तर यो पार्टीले आफु सगठानात्मक रुपमा बलियो नहुदै र आाफना ऐजेण्डा र विचारलाई जनता सामु स्थापित नगराउदै स्थानियदेखि प्रदेश र संघको निर्वाचनमा भाग लियो, तर परिणीम विचार र ऐजेण्डालाई परिपुर्र्ति गर्र्न नसक्ने आए पछि यो पार्र्टी शक्ति र विचारलाई दुवैलाई एकै साथ लागु गर्ने दोयद निर्णयमा फस्दा आज यसले आफनो बाटो फेरि फेरि टुटफुट वेहोर्दै अगाडी बढेको अवस्था छ ।
कहिले पुराना भनिएका दलहरुसँग मिसिएर अगाडि बढछ,कहिले उनीहरु कै विरोध गरेर पार्टी संञ्चालन गरेर बामे सर्ने गरेको पाईन्छ । २०७९ को निर्वाचनमा पुराना दलहरुको कमिकमजोरीलाई मुख्य ऐजेण्डा बनाई आफुलाई बैकल्पिक शक्तिको रुपमा उदारवादी दल राष्ट्रिय स्वतन्त्र पार्टी उदाएर प्रतिनिधि सभामा २१ सिट संख्या ल्याएर आएको छ । यस्ले पुराना दलहरुले गरेका कमिकमजोरीलाई जनता वीच संगठन विस्तार गरि रहेको छ । तर यो दल पनि पटक पटक पुराना दलहरुसँगै सरकारमा जाने र बाहिरीने गरेको छ ।
अहिले माओवादी, नेकपा ऐमाले,एकिकृत समाजवादी,मधेशवादी दलहरुसँग सरकारमा गयो ।अहिले उसले परिणाम उल्टो प्राप्त गदै प्रचारको दायारा खुम्चिन थालेको छ । । यो दललाई बैकल्पिक भन्ने कि नभन्ने भन्ने विषयमा नेपाली जनता कन्फियुजमा छन् । अर्को दल राष्टिय प्रजातन्त्र पार्टी पनि पुराना दल कै कमिकमजोरीलाई आधार बनाई प्रतिनिधि सभामा १४ सिट संख्या ल्याएर राजतन्त्र स्थापनको नारा लगाएर आफुलाई बैकल्पिक धारको दावा गरि रहेको छ । यि सबै पार्टीहरुले विचार र सिद्धान्तहरु अवस्था अनुसार बदल्ने पुराना भन्ने दलहरुसँग सरकारमा जाने,सरकारमा नगएको अवस्थामा सरकारको चर्को विरोधमा उर्तने ढुलमुले चरित्रका छन् ।
स्थिरिताको लागि शासकिय प्रणालीबारे
२७/२८ बर्ष यता मुलुकले लोकतन्त्रका नाममा प्रतिनिधिमुलक अभ्यास वेलायती ढाँचाको संसदिय व्यवस्था अपनाउदा नेपाल राज्य राजनैतिक,आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि पर्न गएको नेपालीले महसुश गरि सकेका छन् । अझ स्पस्ट भाषामा भन्नु पर्दा संसदिय प्रणाली वा यस प्रणालीमा सरकार निमार्ण गर्ने वा बदल्ने नाममा बहुमतमतिय प्रणाली अपनाउँदा संसद वा व्यवस्थापिकामा अल्पमत ,बहुमतको खेल जस्ता निर्वाचन पद्धतिले मुलुकमा विकृति विसगति बढदा ठुला ठुला आर्थिक चलखेल अपचलन ,किनबेच, तस्करी, बहुमत पछाडि अल्पमत लाग्ने खेलले मुलुक आर्थिक रुपले कमजोर मात्रै भएको छैन,मुलुकका जनता पनि संसदिय पद्धतीबाट केही हुन नसक्ने विश्लेषण गरि रहेका छन् ।
बढदो राजनैतिक अस्थिरतासँग सँगै राजनितिमा वितृष्णा,भ्रष्ट्राचार, अपराधिक गतिविधि, अनियमितता, घोटला काण्डहरु दिन प्रति दिन नियन्त्रण भन्दा बाहिर गएका छन् । यो पद्धतिमा ६—१० महिनामा सरकार बनाउने र परिबर्तन गर्ने बाध्यात्मक अवस्था सृर्जना गरिएको छ । जसले मुलुकको समय बर्र्बाद भएको छ भने अर्कोतिर राजनैतिक खिचोला बढदा मुलुकको कार्यदिशा वा उन्नती अन्योलमा परेको छ ।
मुलुकमा राजनैतिक भष्ट्राचार, अनियमितता,दण्डहिनता,कानुनी शासनको उल्लघन,अर्थतन्त्रको व्यापक दुरपयोग भएकोछ। नेपाल राज्यको विकास र आर्थिक समृद्धिका कार्ययोजना बढनै नसकेको अवस्था छ ।यो अस्थिर राजनिति,आर्थिक अवस्था र विकृत सामाजिक र साँस्कृतिक परिस्थतिले जनताको मानसपटल अस्वस्थ र अप्रतिस्पर्धात्मक बनेको छ । यस्तो अवस्थामा जनताले के गर्ने भन्ने अवस्था सोचनिय भएको छ । त्यो अभिव्यक्ति के हो ? भने गाउँ ठाउँमा वा शहरबजारमा राजनैतिक दल वा राजनितिको कुरा गर्दा जनताले त्यसमा कुनै चासो लिने गरेको देखिदैन ।
जनताको त्यस्तो सोचार्ई वा वेवास्थालाई सकारात्मक बनाउन जनताले वर्तमान व्यवस्था वा पद्धतिमा परिवर्तन र सुधार चाहेका छन भन्ने बझनु पर्छ । त्यो परिस्थितिलाई उल्टो होईन,सुल्टो दिशाबाट प्रगति उन्मुख गराउने हो भने विगत २७ बर्षको अवधिमा मुलुकमा सञ्चालित संसदिय प्रणालीमा संशोधन वा परवर्तन गरेर शासकिय पद्धति फेर्नु पर्छ । त्यसैले अब मुलुकले ६—१० महिनामा सरकार बनाउने र गिराउने खेलको अन्त्य गरेर न्यनतम् ५—५ बर्षसम्म चल्ने कार्यकारी शासकिय पद्धतिको व्यवस्था संविधान सशोधन गरेर गर्नु पर्छ । अब मुलुकलाई कार्यकारी राष्ट्रपतिय शासन पद्धतिमा लैजानु पर्छ ।
अनि व्यवस्थापिका ससद सदस्य(माननिय)हरुको निर्वाचन पुर्ण समानुपातिक गर्ने र कार्यकारी प्रमुखको निर्वाचान प्रत्यक्ष गरिनु पर्ने तर्फ मुलुकलाई लैजानु पर्छ । प्रदेश सभालाई समन्वयकारी र अनुगमनकारी बनाउनुपर्छ । दुवैको सिट संख्या घटाईनु पर्छ । केन्द्रदेखि स्थानिय निकायका जन प्रतिनिधिहरुलाई निति निमार्ण र अनुगमनकारी बनाईनु पर्छ । प्रतिनिधि सभा वा व्यवस्थापिकालाई कानुन र निति निमार्णमा लगाईनु पर्छ ।
दिशैभर विकास निमार्ण र योजना बनाउन तलदेखि माथिसम्म विकास वोर्ड वा आयोग बनाईनु पर्छ , जसले गर्दा साझा उत्तरदायित्वको विकास हून्छ ।राष्ट्रपतिले गल्ती गरेमा जनताको महावियोगको लगाम कार्यकारी प्रति रही रहनु पर्छ । जसले गर्दा कार्यकारी प्रमुख देश र जनता प्रति उत्तरदायी हुन बाध्य हुन्छन । त्यसैले पुर्व नयाँ शक्ति नेपालले आफना पाँच प्रतिबद्धताहरु क्रमशः स्वाधिनता,समतामुलक समृद्धि,समावेशी/समानुपातिक/सहभागितामुलक लोकतन्त्र, सुशासन/सदाचार र समुन्नत समाजवाद मार्फत ७ बर्ष भित्र देशबाट निरपेक्ष गरीबी बेराजगारीको अन्त्य,१५ बर्षभित्र देशलाई मध्यस्तरको विकासको स्तरमा पुरयाउने२०–,२५ बर्षमा नेपाल समृद्धिको शिखरमा पुरयाउने लक्ष्य लिएको थियो ।
आर्थिक समृद्धि ,विकास ,सुशासनले मात्रै मुलुकले उन्नतीले पड्को मादै आत्मनिर्भर ,स्वाभिमान ,स्वाधिन ,स्वतन्त्र राष्ट्र बन्न जान्छ ।समावेशी समानुपातिक सहभागितामुलुक लोकतान्त्रिक अभ्यासले मात्रै मुलुकमा वास्तविक नेतृत्वको विकास गर्न सकिने नयाँ शक्तिले ठहर गरेको थियो । त्यसले औपचारिक, निर्देशित,कर्मकाण्डी लोकतन्त्रलाई मुलुकको विशिष्टता अनुसार सहभागितामुलक लोकतन्त्रको अभ्यास आफना पार्टीका हरेक निकाय र राज्यका हरेक निकायमा गर्ने स्पष्ट धारणा बनाएको थियो । त्यसैले पार्टी नेतृत्वको निमार्ण गर्दा तल्लो वा वडा स्तरबाट निर्वाचन र कार्यकारीमा एक पद एक व्यक्ति, एक व्यतिm दुई कार्यकाल भन्ने विधि विधान बनाएको छ ।
अनि मुलुकमा अहिले देखिएको राजनैतिक ,आर्थिक ,सामाजिक, सास्कृतिक लगायता अस्थिरता रोक्न वा नियत्रण गर्न व्यवस्थापि र कार्यपालिकाको भुमिका अलग गरि व्यवस्थापिका संसदको लागि पुर्णरुपमा सामानुपातिक निर्वाचन प्रणाली र कार्यपालिकाका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली अपनाउने देशव्यापी अभियान चलाउने उदघोष गरेको थियो । बर्तमान अवस्थामा नयाँ बैकल्पिक शक्तिमा आएको विचलन र राज्यमा देखापरेका आर्थिक र राजनैतिक लथालिङ्गलाई नियन्त्रण गरि दिगो शान्ति ,विकास र आर्थिक समद्धिको तत्कालिन विकल्पको रुपमा कार्यपालिकाका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासन र व्यवस्थापिका संसदका लागि पुर्णसमानुपातिक निर्वाचन प्रणालीको लागि देशव्यापी अभियान चलाएर संविधान सशाधन गरिनु पर्छ भन्ने मान्यता सवै पक्ष लाग्नु पर्छ ।
अब हामीले के गर्नु पर्छ
अरुलाई बदल्नु भन्दा आफैलाई बदलौ , काम भोलीबाट होईन,आजैबाट गरौ, अरुबाट होईन ,आफैबाट शुरु गरौ ,आज नगरे कहिले गर्ने ,हामीले नगरे कस्ले गर्ने भावनाले प्रेरित भई अगाडि बढनु आजको आवश्यकता हो । हिजोका दिनमा भन्ने गरिएका उदारवादी वा आर्दशवादी आधा पेट भर्ने लोकतान्त्रिक समाजवाद र निर्दर्शित गरिवीका गौरवीकरण गर्ने वा गरिबी बाड्ने र भोको पेट लड्ने वा नाराको भरमा सर्वाहाराकरण गर्ने आर्दशवादी समाजवाद होईन ,सबै सुखी, सम्पन्न, धनी,पेट भरिने, शान्तिपुर्व बाच्न र आराम गर्न पाउने , खाएर ,बलियो भएर लड्न सक्ने ,सर्वहाराकरण होईन ।
समृद्धिकरण हुने समाजवाद र साम्यवाद आजको आवश्यकता हो । यान्त्रिककरण होईन । बैज्ञानिक वा प्रविधियुक्त युग सुहाउदो समुन्नत समाजवाद आजको आवश्यकता हो । अब नयाँ सोच,कार्यशैली,कार्ययोजना ,विचारहरु मन्थन गरेर नेपाल र नेपालीका सुनौलो भविष्यको लागि समृद्धि र विकासको खाँका तपाई हामी मिलेर बनाऔ भन्ने यो पक्तिकारको विनम्र अपिल छ । मुलुक अहिले परनिर्भरता र पराधिनतको शिकार बन्दै छ र बनाईदैछ ।
यहिले मुलुकका सत्ता वा सरकार भोगी आफु ठुला हौ र जिम्मेवार हौ भन्ने दलका नेता तथा कार्यकार्ताहरु पैसा बटुल्न र यशआराम गरि आलिशाहन भवन बस्नका लागि खुबीको कुरा गरि रहेकाछन । यो मुलुकमा देश,जनताको सेवा गर्ने भनेर जनताको मताधिकार प्राप्त दलका नेता तथा कार्यकर्ताहरु नव धन्याढय र राजनैतिक व्यापारी अर्थात भ्रष्ट्राचारी भए पछि यो मुलुक स्वाभाविक उनीहरुको दाश जस्तै भएको छ ।
अनि जनता र मतदाताहरु उनीहरका कमैया र कामद्धार भएका छन् । त्यसैले विदेशीले नेपाली नेता तथा दलहरुले नोकर र कमैया बनाउने, अनि नेपालका दलहरु नेपाली जनतालाई नोकर र कमैया सम्झने प्रवृत्तीको विकासले गर्दा नेपालमा लोकतन्त्र नोकरशाही तन्त्रमा परिर्णत भएको छ । त्यस्सले यस्तो खाले शासकिय प्रणालीको विकल्पमा कार्यकारी शासकिय प्रणाली ल्याउन नेपाली जनता तयार भएमा नेपालले दिगो विकास र समृद्धि मार्गमा लैजान सकिने थियो ।
पुर्व नयाँ शक्ति पार्टी,नेपालले लिएका राजनैतिक ऐजेण्डा र विचारलार्ई आत्म साथ गरिेर बढने हो भने त्यस पार्टीको नेतृत्व तहले पुरानै दलहरुको घनघोर विरोध गर्ने र अनि उन कै बैशाखी टेकेर मुलुकलार्ई बदल्छु भन्नु कार्यकर्ता र जनतालाई गुमराहमा पार्नु बाहेक अरु केही हुने छैन । त्यसैले पुर्व नयाँ शक्ति पार्टीले शूरुमा उठाएका ऐजेण्डा र विचारलाई आत्मसाथ गर्नका लागि पुनः विचार तलदेखी माथीसम्म गरौ ।
अन्याथा थरि थरिका दस्तावेज माथी दस्तावेज ल्याएर अलमल र ढुलमुले नबाऔ । अनि पुराना दलहरुले पनि यो वा त्यो कोणबाट पुर्व नयाँ शक्तिले उठाएका विचार र ऐजेण्डाहरुमा वहस विचार विमर्श गरि एक पटक अग्रमन ,परिवर्तन र नयाँ चाहने दलहरु विच मोर्चा र सहकार्य १० देखी १५ बषसम्म गरौ यदि पुराना दल तयार नभए नव उदित दलहरुसँग विचार र ऐजेण्डाको आधारमा धुव्रिकरण वा मोर्चा बनाऔ भन्ने यो पक्तिकारको अनुरोध तथा अपिल छ । - लेखक नरेन्द्रनाथ योगी, अधिवक्ता ,सामाजिक अभियान्ता तथा पत्रकार हुन् ।