काठमाडौं । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकामा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृतिका मानिसहरुको बसोबास भएता पनि यहाँ क्षेत्रीहरुको बाहुल्यता रहेको छ ।
भौगोलिक रुपमा अति विकट र दुर्गम भएतापनि बारेकोट गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । अवलोकन भ्रमण र जडिबुटी संकलनका दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावनाका साथै यहाँको ऐतिहासिक फलाम खानी र जल सम्पदाले महत्वपूर्ण सम्भावना बोकेको छ ।
यसै गाउँपालिकाका अध्यक्ष हुन् बीर बहादुर गिरी । उनै गिरीसँग गाउँपालिकाका विविध विषयमा केन्द्रित रहेर व्यवस्था डटकमका लागि भावना हमालले गरेको कुराकानिको सम्पादित अंश :
जाजरकोट–रुकुम भूकम्पपछिको पुननिर्माणको अवस्था ?
गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट १५७ जनाको ज्यान गयो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा हजारौं घर भत्किएका छन । जाजरकोट तथा रुकुम पश्चिमका धेरै घरमा क्षति पुगेको छ । कैयौं घर बस्नै नमिल्नेगरी भत्किएका छन् ।
यस्तै २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पनि ठुलो धनजनको क्षति भएको थियो । त्यसपछि पनि भूकम्प गइरहे । तर जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो क्षति भएको छ ।
भूकम्पबाट प्रभावितहरुको लागि तत्काल राहत र अस्थाइ बसोबासको बन्दोबस्त गरीयो । त्यसपछि अहिले पुननिर्माणको प्रक्रियामा लागेका छौं । पुननिर्माणमा तिनै तहका सरकारले छिटो भन्दा छिटो पुननिर्माणको बाटो खोल्नु पर्ने छ । पुननिर्माणमा नगई भुकम्पबाट प्रभावितहरुको जिवन सहज हुने संम्भावना छैन् ।
यस्तै तिनै तहका सरकार र बिभिन्न किसिमका संघ संस्थाबाट राहतको व्यवस्थापन भयो तर जुन तरीकाले नागरिकले राहत पाउनुपर्ने हो जसरी पुर्ननिमार्णको काम अगाडि बढ्नुपर्ने हो त्यसरी काम भएको छैन् ।
भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै नपाउने हुन् की ? भन्नेमा शंका व्यक्त हुन थालेको छ ।
बारेकोट गाउँपालिकामा तपाईंका प्रमुख प्राथमिकताहरू के–के छन् ?
बारेकोट गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले धेरै किसिमका समस्या छन् । ति समस्या समाधान गर्नको निम्ति पुर्वाधार विकास, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, शिक्षामा समयअनुकुल सुधार, स्वाथ्यमा उचित व्यवस्थापन, र पर्यटन विकासका निम्ति पर्यटन गुरुयोजना निमार्ण लगायत बिभिन्न आधारमा बारेकोटलाई बनाउने र चिनाउने अभियानमा लागि परेका छौं ।
खासगरी बारेकोटको बिकासका निम्ति धेरै जटिलता त छ नै स्थानिय सरकार संञ्चालनका सन्दर्भमा आन्तरीक शक्तिकै कमजोरी छ । संघ प्रदेशको वित्तिय सामानिकरणको सहयोगमा मात्रै गाउँपालिकालाई चलाउनु पर्ने र बनाउनुपर्ने जिम्मेवारी छ । त्यसैले गर्दा प्राथमिकतामा राखिएका धेरै कामहरु सम्पन्न गर्न समस्या भैरहेको छ ।
यस्तै पालिकाले मुख्य प्राथमिकतामा सडकलाई राखेको छ । पालिका भरी नै सडकलाई जोड्नुपर्ने आवश्यक्ता छ । बारेकोटमा सडक पुल एउटा पनि निमार्ण भएको छैन् । यसका लागि पनि संघ र प्रदेश सरकारको बजेटको भर पर्नुपर्ने अवस्था छ । अहिलेसम्म पनि केन्द्र सरकारको नजर बारेकोट गाउँपालिकामा पुगेको छैन् ।
करीव एक दर्जन सडक पुल बनाएमात्रै पालिकाको सबै ठाउँमा सडक पुर्याउन सकिन्छ । अहिले सबै वडामा सडक त विस्तार गरीएको छ ।
तर त्यसको दिर्घकालिन संञ्चालनको लागि सडक संञ्चालनको लागि सडक पुल निर्माणको काम हुन सकेको छैन् । यस्तै गरीवी निवारण र रोजगारी सिर्जनाको लागि कम्तिमा एक वडा एक उत्पादनको कामलाई अगाडि बढाउन लागि परेका छौं त्यसका निम्ति पनि कार्यक्रम र निति भएता पनि त्यसलाई कार्यान्वयनका निम्ति बजेटको अभावको कारण उक्त कामबाट पर्कन परेको अबस्था छ ।
अझै कार्तिक १७ गतको विनाशकारी भुकम्पका कारण पनि विकास निर्माण झनै बाधा परेको छ । प्राथमिकताका आधारमा प्राथमिकरण गरीएका बिषय बस्तुलाई कार्यान्वयन गर्नको निम्ति स्रोतको सामाथ्र्य एकदम कमजोर छ ।
बजेट पर्याप्त नभएपछि प्रदेश र केन्द्रीय सरकारलाई माग्न जानुपर्ने अवस्था आएको छ । संघीय सरकारको संरचना भएपनि कार्यान्वयन राम्रोसँग नभएको कारणले विकट ठाउँका बासिन्दाले दुःख पाएका छन् ।
बजेट अनावश्यक कुराहरूमा दुरुपयोग भएको छ । जस्तै विदेश भ्रमण गर्ने । तर आधारभूत कुराहरूमा सरकारले लापरबाही गरेको छ ।
निर्वाचनका समयमा तपाईंले घोषणापत्रमार्फत मतदातासँग गर्नुभएको कति बाचाहरू पुरा गर्नुभयो ?
कुरा गर्दा जति सहज हुन्छ तर काम गर्दा भने गाह्रो छ । हामिले निर्वाचनको बेला एक घर एक धारा निमार्णको काम अगाडि बढाउछौं भनेका थियौं । त्यसै अनुरुप गत बर्ष ६०० घरधुरीमा खानेपानिको पहुँच पुर्याएका छौं । यस वर्ष पनि यसै कामलाई निरन्तरता दिएका छौं ।
यस्तै बारेकोटमा अलग मानिष घर र अलग पशुगोठ निमार्णको काम अगाडि बढाएका छौं । त्यसका साथसाथै मान्छेमा पनि विभेद गर्नु हुदैन् भन्ने हेतुले एकल महिलाले भत्ता पाउँछन् भने विना संगिनी गुमाएका पुरुषहरुलाई पनि विदुर भत्ताको ब्यवस्था गरीएको छ् ।
जटिल रोग लागेका बिपन्न नागरीकका लागि उपचारको ब्यबस्था गरीएको छ् । पालिकाबाट एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । त्यसका साथसाथै कृषिमा पकेट क्षेत्र निधारर्ण गरेर तरकारी र फलफुल खेतिको कार्यक्रमलाई अगाडि बढाइएको छ् ।
त्यसैगरी पशु पालनमा कृषकलाई आकर्षण गराउनको लागि गोठाले भत्ता कार्यक्रमलाई पनि प्राथामिक्ता दिईएको छ । यीबाहेक पनि थुप्रै कामहरू पालिकामा भएका छन् । अरू थप कामहरू क्रमशः गर्दै जाने मेरो योजना छ ।
स्थानीय तहलाई भ्रष्टको दृष्टिकोणले हेर्ने गरेको पाइन्छ, यसमा तपाईंको बुझाई के छ ?
पैसा धेरै नै शक्तिशाली चिज हो भन्ने गर्छन् धेरै मानिषहरु । पैसा भयो भने भगवान् शिवको पनि त्रिनेत्र खुल्छ भनिन्छ । सबैलाई पैसाको खाँचो छ ।
कतिपयले काम गर्न नजानेर पनि त्यस्तो खालको स्थित सिर्जना हुन्छ । भने कतिपयले त्यस्तै नियत राखेर काम गर्ने भएकाले पनि स्थानीय तहलाई भ्रष्टको दृष्टिकोणले हेर्ने गरेको पाइन्छ् ।
म पालिकाको प्रमुख भएर आइसकेपछि भ्रष्टाचारलाई शून्य सहनशिलतामा झारेका छौं । हामि निर्वाचित भएर आएदेखि अक्तियारमा अहिलेसम्म एउटापनि उजुरी परेको छैन् । अहिले भ्रष्टाचार मुक्त वारेकोट अभियानलाई तिब्र पारेका छौं ।
संघ र प्रदेश सरकारसँग विकासका कुरामा कत्तिको समन्वय भइरहेको छ ?
संघ र प्रदेश सरकारले नितिगत व्यवस्थापन गरेर पालिकाहरुले आफ्रनो आर्थिक, भौगोलिक अवस्था र आवश्यकतालाई हेरेर बजेट बिनियोजन गर्नुपर्ने हो तर त्यस्तो नभएको अबस्था छ ।
नेता कार्यकर्ताले भनेका आधारमा, सांसदले देखेको आधारमा, मन्त्रिले चिनेका र बुझेका आधारमा मात्रै योजनाहरु पठाउने प्रवाधान छ । यो प्रावाधानले बिकासमा पारदर्शिता, इमानदारीता र गतिशिलतामा अवरोध सिर्जना गरेको छ । यसले नै देशमा भ्रष्टाचार बढाउनमा महत्वपूर्ण भुमिका खेलेको छ ।
यस्तै योजनाका कुरा गर्ने हो भने हाम्रा पालिकाबाट पठाएका योजनाका लागि बजेट नै भित्रिँदैन । विशेष समपूरक बजेट पनि हालिँदैन । अवस्था यस्तो छ । तैपनि संघ र प्रदेश दुवैले सबै पालिकालाई समान खालको व्यवहार गर्नुपर्छ ।
खास गरी स्थानिय तहले प्राथामिकता निर्धारण गरेका बिषयमा बजेट पठाउने काम संघ र प्रदेशले गर्यो भने यसले धेरै बिकासका काम हुने गर्छ । यसले व्यवस्थाप्रतिको विश्वास पनि बढाउछ् ।
स्थानीय सरकारलाई घर–घरको सिंहदरबार भनिन्छ यहाँका जनतालाई यसको महसुस गराउनुभएको छ कि छैन ?
स्थानीय सरकारलाई सबैभन्दा नजिकको सरकार भनिन्छ् । सरकार संञ्चालनको निम्ति सबैभन्दा मुख्य शक्ति भनेको स्रोत हो । स्रोतको अभावका कारण नागरिकले जसरी सरकारप्रति विश्वास राखेका छन् । त्यो विश्वासलाइ बचाउनको लागि स्रोतको अभाव छ् ।
त्यसकारण पनि सबै नागरीकको आशालाई पुरा गर्न नसकिएको अबस्था छ् । तै पनि सबै कामलाई मिलाएर बिकासका काम गरीरहेका छौं । बिभिन्न कामहरु गरेर हामिले स्थानिय सरकार छ है भन्ने अनुभूति दिलाउने प्रयास गरेका छौं । जनतालाई सेवा दिने ठाउँमा चाहिँ जनशक्ति, स्रोत र साधनको अभाव छ ।
स्थानीय तहका प्रमुखसँग जनताले कस्ता किसिमका अपेक्षाहरू राख्ने रहेछन् ? यहाँ अनुभव ?
स्थानिय तहको प्रमुख भनेको कुनै अर्को संसारबाट आएको मान्छे होइन । म स्थानिय जनताकै बिचबाट चुनिएर आएको प्रतिनिधि हुँ । जनताले स्थानीय तहका प्रमुखसँग अपेक्षाहरू राख्दा खासगरी ब्यक्ति केन्द्रित भएर धेरै अपेक्षा आउने गर्छन् ।
जुन अपेक्षाले सार्वजनिक हित र सार्वजनिक सरोकारका बिषयलाई भन्दा ब्यक्तिलाई प्रथामिक्ता दिनुपर्छ भन्ने खालका जुन मागहरु आउँछन् । ति मागबाट काम गर्न असहज महशुस हुने गर्छ ।
जनता सबै एकै किसिमका हुँदैनन् । उनीहरूको चेतना अनुरूप अपेक्षा राख्ने गरेका छन् । कयौँ जनताहरू समग्र पालिकाका बारेमा भलो सोच्ने गर्दछन् । समग्रमा भन्नुपर्दा जनताको चेतना अनुसार उनीहरूको माग र अपेक्षा हुन्छ ।
नेपाल कृषि प्रधान देश भनेर चिनिन्छ, यहाँको पालिकामा कृषिको क्षेत्रमा कस्ता कामहरू भइरहेका छन् ?
कृषि क्षेत्रमा समयअनुकुल परिर्वतन नगरीकन नेपालमा बिकासको यात्रा अगाडि बढ्दैन् । बारेकोटमा कृषि क्षेत्रलाई पहिलो प्राथामिक्तामा राखेका छौं । आबश्यक्ताको आधारमा बिउबिजन, थोपा सिचाँइको काम गरीरहेको छौं ।
कृषिमा पकेट क्षेत्र घोषणा गरेर त्यसमा फलफुल, तरकारी, बाख्रा पालन, मौरी पालन यि सबैलाई क्षेत्रगत रुपमा निर्धारण गरेर बिभिन्न संघ संस्थाहरुको साझेदारीमा बिभिन्न कार्यक्रमहरु संञ्चालन गरीरहेका छौं ।
पालिकामा रोजगारीको कस्तो अवस्था छ ?
पालिकामा आन्तरिक स्रोत नभएका कारण रोजगारी सिर्जना गर्ने सामाथ्र्य छैन् । बारेकोटका नागरीकको प्रमुख आय स्रोत नै कृषि हो । अधिकांश युवाहरू विदेश पलायन भइरहेका छन् । त्यसकारण बेरोजगारीको समस्या पूर्ण रूपमा समाधान हुन भने सकेको छैन ।
अन्त्यमा पालिकावासीका लागि केही कुरा राख्न चाहनुहुन्छ ?
कम्तिमा पाँच बर्षभित्रमा देखिनेगरी काम गर्ने बाटोमा छौं । आफ्नो कार्यकाल सकिदाँ सबैको घरघरमा बिजूली बलेको हुने छ् । सबै घरमा खानेपानिको धारा पुगेको हुने छ् ।
सबै पालिकाबासिलाई पशु र मानिष अलग अलग राख्ने छौं र सबै वडामा सडक पुर्याउने छौं । पालिकावासीको सदैव हित हुने तथा पालिकाको सुधार कार्यका लागि सधैँ तत्पर रहनेछु ।
अध्यक्ष गिरीको परिचय
पत्रकारीताबाट राजनितिमा प्रवेश गरेका गिरी पत्रकारीता क्षेत्रमै रहदाँ उनले राजनितिलाई नजिकबाटै नियालेका थिए । २० बर्षदेखि पत्रकारीतामा रमाएका उनले राजनितिबाटै देश बिकास सम्भव हुने भएकाले पत्रकारीता छोडेका हुन् ।
यसका साथ साथै शिक्षण पेशामा पनि उनि आबद्ध थिए । २०७८ सालमा राजनितिमा जोडिएका गिरी २०७९ सालदेखि बारेकोट गाउँपालिकाको अध्यक्षको भुमिकामा छन् ।