प्राधिकरणले सोध्यो वरिष्ठ सहायकलाई सात दिने स्पष्टीकरण

प्राधिकरणले सोध्यो वरिष्ठ सहायकलाई सात दिने स्पष्टीकरण

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले जिल्ला आयुक्तको कार्यालय, काठमाडौंमा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणले कसैलाई जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका वरिष्ठ सहायक पद (पाँचौ तह)मा कार्यरत दैलेख मेहलतोली निवासी नन्दराम रेग्मीलाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणले सूचना जारी गरी सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । महिनौँदेखि सम्पर्कविहीन रहेका उनलाई चित्तबुझ्दो जवाफसहित उपस्थित हुन समेत निर्देशन दिइएको छ ।

सूचनामा भनिएको छ, 'तपाईं नन्दराम रेग्मी ९वरिष्ठ सहायक पद, पाँचौ तह, प्रशासन सेवा सामान्य प्रशासन समूह, संकेत नम्बर ८०० सम्बन्धित कार्यालयमा पूर्व जानकारी नराई मिति २०७९–७–२८ गतेदेखि हालसम्म अनुपस्थित हुनुभएको हुँदा के कति कारणले अनुपस्थित हुनुभएको हो सोको कारणसहित यो सूचना प्रकाशित भएको मितिले ७ ९सात० दिनभित्र यस प्राधिकरणमा स्पष्टीकरण पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।'

spastikaran-ktm1686138343.png