रुपन्देही । वर्षाका कारण बुटवलको विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण राष्ट्रिय समाचार समिति प्रदेश कार्यालयमा क्षति पुगेको छ ।
रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीका अनुसार प्रदेश कार्यालयमा पानी पस्दा निवास र कार्यालयमा क्षति भएको छ ।
“निवासमा भएका पलङ्ग, लत्ताकपडा, भाँडाहरु नोक्सान भएका छन, कार्यालयका फर्निचर, कम्प्युटर, ल्यापटप लगायतमा क्षति भएको छ”, केसीले भने, “वर्षाकै कारण कार्यालयको पर्खाल भत्किएको छ ।”
बुटवल क्षेत्रको ढल र नाली समयमै व्यवस्थित एवं सरसफाइ नहुँदा वर्षाको पानी नाली र नहर हुँदै बस्ती, विद्यालय र उद्योगमा पसेको हो । डुबानले फुलबारी टोल, रासस कार्यालय रहेको क्षेत्र, रुपन्देही उद्योग सङ्घलगायत कार्यालय, दर्जनौँ घर र विद्यालयमा क्षति पु¥याएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।
लामो समयदेखि वर्षा नहुँदा नालीहरु फोहरले थुनिएको र पानी बग्न नपाइ डुबान भएको उनको भनाइ छ । डुबानले पु¥याएको क्षतिबारे विवरण सङ्कलन गरी राहत वितरण गरिने उनले बताए ।