काठमाडौं । आठ हजारभन्दा बढी सरकारी खाता बन्द भएका छन् ।
सरकारले लामो समयदेखि निष्क्रिय रहेका खाता बन्द निष्क्रिय गरेकाे हाे ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयले अर्थ मन्त्रालयको सहयोगमा विभिन्न परियोजना तथा आयोजनाका खाताहरू बन्द गरिएको जानकारी दिएकाे छ ।
सरकारले खाताहरू निष्क्रिय गर्दा एकै पटक १४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।
विभिन्न खातामा रहेकाे १४ अर्ब रुपैयाँ सरकारी खातामा आएकाे हाे ।
सरकारले २०७५ साउन १ गतेदेखि जिल्लास्तरीय १८ वटा सरकारी कार्यालय खारेज गरेको थियो । सञ्चालनमा नरहेका खाता ५ वर्षपछि बन्द गरिएको हो ।
संघीयता कार्यान्वयनका क्रममा जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला बाल कल्याण समिति, शान्ति समिति, जिल्ला सहकारी कार्यालय, भूसंरक्षण कार्यालयलगायतका कार्यालय खारेज भएका थिए ।
खारेज भएका निकायको अधिकार स्थानीय तहलाई दिइएकाे थियाे ।
सरकारले गत आवमा १४ खर्ब ५८ अर्ब ६० करोड ५३ रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ७९ दशमलव ६९ प्रतिशतमात्रै राजस्व संकलन गर्न सफल भएको छ ।