नुवाकोट । हालै जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइराला आएपछि नुवाकोट जिल्लास्थित विभिन्न स्थानीय तहसँग छलफल र अन्तरक्रिया कार्यक्रमलाई बढावा दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजना तथा नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा दुप्चेश्वर गाउँपालिकाको सभाहलमा अपराध नियन्त्रण, न्यूनीकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानीय तहसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष माकुरी तामाङ, जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइराला, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजाल, दुप्चेश्वर गाउँपालिका अन्तर्गतका वडाध्यक्ष तथा वडा सदस्य, ईलाका प्रहरी कार्यालय खरानिटार नुवाकोटका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरज बानियाँ, गाउँपालिकाका कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलादमी तथा प्रहरी कर्मचारीहरू गरी अन्दाजी ९२ जनाको सहभागिता थियो । कार्यक्रमको सञ्चालन राजेश केसीले गरेका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले अपराध नियन्त्रण/न्यूनीकरण तथा शान्ति सुरक्षा सम्बन्धी प्रस्तुतीकरण गर्दै प्रहरी प्रमुख कोइरालाले प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धमा जनप्रतिनिधि, समाजसेवी, भद्रभलादमीहरूबाट प्राप्त गुनासो, सल्लाह, सुझावलाई मनैदेखि शिरोधार्य गर्दै आगामी दिनहरूमा प्रहरी कर्मचारी तथा कार्यालयबाट प्रवाह हुने सेवा थप प्रभावकारी बनाउने प्रतिबद्वता समेत जनाएका थिए ।
यसअघि उनले मोरङ जिल्लाको कमान्ड सम्हालेका थिए ।