बाल्यकालदेखि नै आन्दोलनप्रति झुकाव थियो- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सर्वेक्षक अम्बादत्त भट्टलाई । स्कुल र घर आऊजाऊ गर्ने क्रममा उनले धेरै आन्दोलन र जुलुस देख्न पाएका थिए । आन्दोलनमा नारा लगाउँदै आइरहेका, गइरहेका देखेर भट्टलाई कौतुहुल लाग्थ्यो । आन्दोलनतिर देखाउँदै उनी बुवालाई सोध्थे, ‘के हो बुवा यो ?’
‘राजनीतिक आन्दोलन हो’, बुवाबाट यस्तो सुनेपछि आश्चर्यमा पर्थे उनी ।
आफूसँगै हिँडेका साथीहरू आन्दोलन तथा जुलुसमा हराइन्छ कि भनेर भाग्थे, लुक्थे तर उनी जुलुसको भीडमा रमाउँथे । ‘२०४६ सालतिरको एमाले र कांग्रेसहरू ठूल्ठूला झण्डा बोकेर संयुक्त आन्दोलनमा निस्कन्थे । त्यो भीडमा म पनि पुग्थे’, भट्टले ती दिन सम्झिए ।
आन्दोलन र पदमा मात्रै बसेर हुँदैन, मार्क्सवाद लेनिनवाददेखि प्रगतिशील धारमाथि लेखिएका गम्भीर पुस्तक अध्ययन गर्नुपर्छ भन्ने प्रेरणा जगाइदियो भट्टलाई । उनी भन्छन्, ‘मदन भण्डारीको निधनले ममा धेरै परिवर्तन आएका थिए ।’
कक्षा ७ पढ्दै गर्दा भट्ट ११–१२ वर्षका थिए । एक दिन आन्दोलनमा देखिएका तन्नेरी स्कुलमा आएको देखे उनले । आफूले पढिरहेको खेती माध्यमिक विद्यालयमा अनेरास्ववियूको कमिटी गठन गर्न आएका ती तन्नेरीसँग पहिलो भेटमै चिनजान गरे । त्यसपछि त्यो टोलीले उनलाई अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बनाइदियो । भट्ट भन्छन्, ‘त्यो नै मेरो पहिलो राजनीतिक खड्किलो थियो ।’
पचासको दशक भर्खर भएको थियो । भट्ट बैतडी जिल्लाको दोग्डाकेदार गाउँपालिका वडा नम्बर २, कफलकोटमा बसेर देशका बारेमा चासो राख्थे । राजनीतिको बारेमा चासो राख्थे । रेडियो सुनेर आफ्नो तर्क बलियो बनाउँथे । मदन भण्डारीको भाषण सुनेर उनी प्रभावित हुन्थे । राजनीतिक चेतको विकास भएको महसुस गर्ने भएका थिए उनी ।
यस्तैमा २०५० सालमा एकदिन रेडियोले समाचार सुनायो । ‘जब रेडियोले दासढुंगाको घटना सुनायो खिन्न भइयो । मदन भण्डारीको निधनले मजस्तै धेरैजना विक्षिप्त थिए होलान्’, भट्ट भन्छन्, २०५० सालको दासढुंगाको घटना रेडियोमा सुनेपछि मैले आफूलाई नै बदलें ।’
आन्दोलन र पदमा मात्रै बसेर हुँदैन, मार्क्सवाद लेनिनवाददेखि प्रगतिशील धारमाथि लेखिएका गम्भीर पुस्तक अध्ययन गर्नुपर्छ भन्ने प्रेरणा जगाइदियो भट्टलाई । उनी भन्छन्, ‘मदन भण्डारीको निधनले ममा धेरै परिवर्तन आएका थिए ।’
आफूभित्र दन्किएको क्रान्तिको ज्वाला त्यो समय नै लागेको बताउने भट्ट राजनीतिमै सक्रियता देखाउन चाहेका थिए । सुर्नया गाउँपालिकाको वर्तमान अध्यक्ष अम्मरबहादुर कुँवरले आफूलाई अध्यक्ष बनाएको सम्झना अहिले पनि छ उनलाई ।
भट्टको पढाइ जसरी बढिरहेको थियो, त्यसैगरी उनको राजनीतिक बुझाइ पनि फराकिलो बन्दै थियो । जब २०५३ सालमा जिल्ला कमिटीमा पुगेका थिए, ठीक एक वर्षपछि नेकपा एमाले फुटेर नेकपा माले नामको नयाँ दल बन्यो । उनी भने एमालेको सचिवालय समितिमा बसे ।
सुदूरका पहाड, चालिसको दशकको मध्यपछि निरन्तर नारा जुलुस र आन्दोलन देख्न पाएका भट्टलाई गाउँघरका मान्छेले गर्ने व्यवहारले धेरै सोचमग्न बनाउँथ्यो । अहिलेका नेताहरूले भट्याइरहेको समाजवाद बुझ्न आफ्नै बा-हजुरबाले गर्ने व्यवहारबाट बुझ्न पाएको बताउने उनी भन्छन्, ‘मलाई लाग्छ समाजवादको चस्का किशोर उमेरमै लागिसकेको थियो । मभित्र कोरिएको मसिनो रेखा अहिले पनि बिर्सिन सकेको छैन ।’
२०५६ सालको निर्वाचनमा विद्यार्थी संगठनको तर्फबाट भट्ट सक्रिय रूपमा आनन्द देव भट्टको प्रचारप्रसारमा लागे । उनी दत्तचित्तका साथ पार्टीमा समर्पित भइरहँदा अचानक उनले नचिताएको भयो ।
उनी भन्छन्, ‘खासमा टिकट मैले पाउनु पथ्र्यो तर दिएनन् । सभापतिको दाबेदार थिएँ र राजनैतिक सक्रियताको हिसाबले बढी योग्य थिएँ ।’
टिकट नपाएको झोकमा पार्टीप्रति असन्तुष्टि देखाएर भट्ट दिल्लीतिर लागे, जहाँ उनका दाइ काम गर्थे । ०५७ साल चैतमा दोस्रो वर्षको परीक्षा दिन मात्र उनी फर्किए ।
उनले दिल्लीमै थाहा पाए पार्टीको विभाजनको असरले नेपाली कांग्रेसले चुनाव जित्यो । ‘राजनीतिमा भविष्य खोज्न लागेको मजस्तो मान्छे असन्तुष्टि हुने गतिविधि पार्टीभित्र हुन थालेपछि बिस्तारै मन मर्दै गयो’, उनले ती दिन सम्झिए ।
राजनीतिमा झण्डा बोकेर प्रचारप्रसारमा होमिनु अगावै भट्टले एसएलसी पास गरिसकेका थिए र परिवारले छोरो पढेर मास्टर भएको हेर्न चाहिरहेका थिए । उनलाई भने राजनीतिकै लय पक्रिन मन थियो ।
परिवारको चाहना पूरा गर्ने मुडमा पनि थिएनन् उनी । उनलाई राजनीतिक रस बसिसकेको थियो । तर परिवारले भट्ट राजनीतिबाट टाढिएको हेर्न चाहेको समय थियो ।
भट्ट भन्छन्, ‘नेपाल बसे पक्कै पनि राजनीतिमा लाग्छन् भन्ने परिवारलाई थियो । त्यसैले मलाई परिवारले भारतको झुलाघाट क्याम्पसमा भर्ना गरिदिनु भएको । तर मलाई त्यहाँ पढ्ने रहर थिएन ।’
जहाँ इच्छा त्यहाँ उपाय भनेझैं भट्टले त्यहाँबाट निस्कने उपाय सोचे । आफूसँगै झुलाघाटमा अध्ययन गर्न गएका नेपाली साथीहरूलाई फकाएर त्यहाँबाट निस्कन उपाय रचे । उनलाई नेपालभित्रै बसेर पढ्न मन थियो । नेपालमै राजनीति गर्न मन थियो ।
‘साथीहरूलाई झुट बोलिदिन अनुरोध गरेपछि म सिधै बैतडीको पाटन बहुमुखी क्याम्पसमा भर्ना भएँ’, उनले भने ।
क्याम्पसमा भर्ना भएसँगै भट्टको राजनीतिले फेरि पखेटा हाल्यो । राजनीति चेतको विकाससँगै उनका परिवारका सदस्यबाट पनि केही सिक्न मौका पाए, त्यो हो समाजवाद ।
सुदूरका पहाड, चालिसको दशकको मध्यपछि निरन्तर नारा जुलुस र आन्दोलन देख्न पाएका भट्टलाई गाउँघरका मान्छेले गर्ने व्यवहारले धेरै सोचमग्न बनाउँथ्यो । अहिलेका नेताहरूले भट्याइरहेको समाजवाद बुझ्न आफ्नै बा-हजुरबाले गर्ने व्यवहारबाट बुझ्न पाएको बताउने उनी भन्छन्, ‘मलाई लाग्छ समाजवादको चस्का किशोर उमेरमै लागिसकेको थियो । मभित्र कोरिएको मसिनो रेखा अहिले पनि बिर्सिन सकेको छैन ।’
बुवा कृषक थिए । सेवाको भावनाले प्रेरित उनका बुवाको काम र व्यवहारले उनलाई आज खोजिरहेको समाजवाद सुदूर पहाडमा देखेको बताउँछन् ।
‘अहिलेको भन्दा पनि विगतको सामाजिक व्यवस्थामा वास्तविक समाजवादका आधारभूत तत्वहरू सम्मेलित रहेका थिए’, भट्ट भन्छन्, ‘त्यो समयमा सामूहिक खेती प्रणाली, एकापसमा सहकार्यको भावनालगायत समाजवादका भ्रुणहरू देखिन्थे, जो अहिले हराउँदै गयो । त्यो विल्कुल छिन्नभिन्न भयो । श्रमिकसम्म नपाउने अवस्था गाउँमा रहेको छ । अहिले त कृषि तथा अन्य उत्पादन क्षेत्रमा समेत असर पुगेको छ ।’
भट्टका अनुसार अहिले पनि उनको जिल्ला बैतडीका विभिन्न गाउँपालिकामा सीपको हस्तान्तरण हुन्छ र समाजवादको राम्रो अभ्यास छ । आफूले पढेर भन्दा पनि देखेर समाजलाई छिटो बुझ्न सकेको बताउने उनी समाजवादलाई घोक्न रुचाउँछन् ।
२०३७ साल फागुन ९ गते जन्मिएका भट्टलाई जब घरबाट मास्टर बन्ने दबाब थियो । तर उनी राजनीतिकै भर्याङ उग्लिन चाहिरहेका थिए । आफूले देखेको समाजवादलाई आफ्ना आफन्तबीच लैजान चाहेका थिए तर परिवारको अपेक्षा हुन्छ कि पढेको छोरोले जागिर खाओस् ।
यही क्रमलाई निरन्तरता दिन २०५७ मा भट्टले प्लस टुको परीक्षा दिएसँगै प्राविधिक शिक्षा पढ्ने मुड बनाए । आधारभूत सर्वेक्षकको १५ महिने तालिममा सहभागी हुन उनी धनगढी झरे ।
दैनिक जीवनसँग जोडिएका कुराहरू शिक्षा प्रणालीमार्फत् अध्यापन होस् भन्ने चाहने भट्ट भूमि आयोगमा आवद्ध हुँदा कमैयाहरूलाई जग्गा बाँड्ने काममा राम्रो व्यवस्थापन गरेका थिए । पार्टीका मान्छे, सरकारी निकायका कर्मचारी र भूमिको समस्या भोगेका २-३ सय मानिसहरूसँग समन्वय गरेर उनले त्यसको समाधानमा सहजीकरण गरेका थिए । समस्यामा परेकाहरूले जग्गा पनि प्राप्त गरेका थिए ।
तालिम लिएको केही समयपछि उनले २०६० साल भदौ १९ गते अनेरास्ववियुको सचिवालय सदस्य परित्याग गरी लोकसेवा आयोगमार्फत् धनगढी नापी गोश्वारा कार्यालयमा अमिनको पदमा नियुक्त भए ।
जागिरे भएपछि उनी पार्टी र विद्यार्थी संगठनको काममा भूमिगत भए पनि कार्यालयबाहेक अघिपछि उनी पार्टी संगठनमा जोडिएकै थिए । उनी भन्छन्, ‘जागिरे जीवन सुरु गरे पनि राजनीतिको रस घटेको थिएन ।’
२०६४ सालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संस्थापक अध्यक्ष भएका भट्ट ०६८ सालसम्म विभागीय समितिको अध्यक्ष भएर काम गरे । त्यसपछि २०७९ चैत्र २० गतेसम्म नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय उपाध्यक्ष भए ।
हाल वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दै आएका भट्ट संगठन आवद्ध महासंघको सचिवालय सदस्यसमेत रहेका उनी नेपाल सर्भेयर्स एसोसिएसनमा केन्द्रीय कार्यवाहक अध्यक्षसमेत रहेका छन् ।
नेपाली समाजवाद अध्ययन केन्द्रको अध्यक्षसमेत रहेका भट्ट आफ्नो दोस्रो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छन् । अहिलेको खानपिन, सहरिया जनजीवन, प्रदूषित वातावरण आदिले गर्दा स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुँदा उनी यस क्षेत्रमा सुधार गर्न चाहन्छन् । उनी भन्छन्, ‘स्वास्थ्य प्रणाली व्यावसायीकरण नभएर राज्यको मुख्य नियन्त्रणमा हुनुपर्छ ।’
आधिकारिक ट्रेड युनियनको सचिव यात्रा गरे उनले । २०६३ मङ्सिर २४ गते नेपाल राष्ट्रिय कर्मचारी संगठनको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्न भट्ट सुदूरपश्चिमबाट १० जना साथीको प्रतिनिधित्व गरेर काठमाडौं आए । उक्त भेलाबाट केन्द्रीय समिति तयार भयो ।
आफूले चाहेको क्षेत्रमा काम गर्न पाए सफल हुने ठान्ने भट्ट ६३ सालतिर भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलमा जुनियर सर्भे कोर्षको तालिमका लागि नाम निकाले । भन्छन्, ‘जीवनमा केही क्षेत्रमा आफूले सोचेजस्तो काम गर्न पाए आफ्नो जीवन सफल भएको ठान्ने थिएँ ।’
दैनिक जीवनसँग जोडिएका कुराहरू शिक्षा प्रणालीमार्फत् अध्यापन होस् भन्ने चाहने भट्ट भूमि आयोगमा आवद्ध हुँदा कमैयाहरूलाई जग्गा बाँड्ने काममा राम्रो व्यवस्थापन गरेका थिए । पार्टीका मान्छे, सरकारी निकायका कर्मचारी र भूमिको समस्या भोगेका २-३ सय मानिसहरूसँग समन्वय गरेर उनले त्यसको समाधानमा सहजीकरण गरेका थिए । समस्यामा परेकाहरूले जग्गा पनि प्राप्त गरेका थिए ।
स्वास्थ्य प्रणाली व्यवसायीकरण नभएर राज्यको मुख्य नियन्त्रणमा हुनुपर्ने बताउने भट्ट २०७३ सालमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन गरी तीन संगठनले थ्रेसहोल्ड कटाएका थिए ।
भट्ट संगठनको तर्फबाट आधिकारिक ट्रेड युनियनको सचिवको रूपमा प्रतिनिधित्व गरिरहेका छन् । उनी भन्छन्, ‘आर्थिक रूपमा सबल जनताले राम्रो उपचार गराए पनि असक्षम जनताले राम्रो स्वास्थ्य सेवा नपाएको अवस्था छ । राज्यले ती असक्षम जनताको स्वास्थ्यको सुनिश्चितता गर्नुपर्छ ।’
नेपाली समाजवाद अध्ययन केन्द्रको अध्यक्षसमेत रहेका भट्ट आफ्नो दोस्रो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छन् । अहिलेको खानपिन, सहरिया जनजीवन, प्रदूषित वातावरण आदिले गर्दा स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुँदा उनी यस क्षेत्रमा सुधार गर्न चाहन्छन् । उनी भन्छन्, ‘स्वास्थ्य प्रणाली व्यावसायीकरण नभएर राज्यको मुख्य नियन्त्रणमा हुनुपर्छ ।’
स्वास्थ्य र शिक्षामा आएको समस्या राज्यलाई दिन्छन् उनी । अहिलेको उत्पादन तथा भू-उपयोग उचित ढंगले नभएकोमा चिन्ता व्यक्त गर्छन् । राज्य उद्योग बनाउनतिर अग्रसर भएर लाग्नुपर्ने भट्टको भनाइ छ ।
उनका अनुसार पाँच लाखभन्दा बढी राष्ट्रिय सेवक र निवृत्तिभरण खानेहरूबाटै उद्योग सञ्चालन गर्न सकिन्छ । भन्छन्, ‘कर्मचारीको पोशाकका लागि नेपाली उद्योगबाटै उत्पादन भएको कपडा प्रयोग गर्नुपर्ने नीति ल्याए मात्र पनि एउटा उद्योग राम्रोसँग सञ्चालन हुने र हजारौंले रोजगार पाउन सक्छन् । र, यो विषयलाई लिएर म सरकारसँग मुद्दा लडिरहेको छु । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ र साउन ६ गते त्यसको पेसी रहेको छ ।’
निजामती सेवा ऐनले कर्मचारीलाई व्यवसाय गर्न वञ्चित गरेको र अन्य दक्षिण एसियाली मुलुकको बराबर तलब नरहेको बताउने भट्ट भन्छन्, ‘विभिन्न भौतिक संरचना बनाएर पर्यटन हब सिर्जाना गर्नुभन्दा त्यो बजेटले उद्याग कलकारखाना खोलिदिए कम्तीमा रोजगार त पाउँथे । पलायन हुनु पर्दैनथ्याे । उत्पादन बढे नेपालमै खपत हुन्थ्यो आयतमा निर्भर हुनुपर्थेन । यसका लागि ब्युरोक्रेसीको पनि सपोर्ट चाहिन्छ भन्ने पक्षमा हुँ म ।’