काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।
मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको सिफारिसमा शाहीलाई आज प्रदेश प्रमुख नजिर मियाँको रोहवरमा उच्च अदालत दीपायलयका मुख्य न्यायाधीश शुसिला सिंह थापाले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले शाहीलाई हिजो मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।