ललितपुरमा भोलि स्थानीय बिदा

ललितपुरमा भोलि स्थानीय बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि बुधबार स्थानीय बिदा दिएको छ ।

मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरले स्थानीय बिदा दिएको हो ।

महानगरपालिका नगर कार्यपालिकाको वैशाख १८ गतेको बैठकबाट ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परादेखिको धार्मिक महत्त्वको दिन भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय गरेको महानगरले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘ललितपुर महानगरपालिका नगर कार्यपालिकाको मिति २०८१/०१/१८ गतेको बैठकबाट यस ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिको धार्मिक महत्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भए बमोजिम मिति २०८१/०२/०९ गते तदनुसार ने. सं. ११४४ बछलाथ्व चतुर्दशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’